न्यायालयको विवादबारे गठबन्धनको बैठकले सामुहिक धारणा बनाउँछ : अध्यक्ष प्रचण्ड
न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार १५:१९
धनुषा, १३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले सामूहिक धारणा बनाउने बताएका छन् ।
जनकपुर विमानस्थलमा शनिवार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका कोही नेता यता, कोही उता रहेकाले एकत्रित भएर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताएका हुन् ।
यसबारेमा केही दिनभित्रै सत्ता गठबन्धनको बैठक बस्ने र त्यसैले औपचारिक धारणा बनाउने प्रचण्डको भनाइ छ ।
‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रित भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उनले भने ।