सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार १४:१३ 
  • काठमाडौं,१३ कात्तिक । नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आज पोखरामा हुँदैछ ।

    ‘प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ भएको रियालिटी शोको फिनाले पोखराको लेकसाइट बाराही घाटमा ४ः३० बजेबाट शुरु हुनेछ । फिनालेको नेपाल टेलिभिजनमा लाइभ प्रशारण हुनेछ । फिनालेमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रमुख अतिथिका रुपमा उपस्थित हुने आयोजक नेपाल टेलिभिजनले जनाएको छ ।

    ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा छ ।

    यी दुईमध्ये एउटा समूहले आज उपाधि हात पार्नेछ भनेअर्को समूह स्वतः द्धितीय हुनेछ ।

    त्यस्तै, तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा छ । यी दुई समूहको प्रतिस्पर्धामा एउटा समूह तृतीय हुनेछ भने अर्को समूहले सान्त्वना स्थान प्राप्त गर्नेछ ।

    दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिनेछ । साँझ ६ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ ।

    ‘दोहोरी च्याम्पियन’को उपाधि जित्ने समूहले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    निर्णायकमध्येका एक रमेश बिजीका अनुसार फिनालेको सुरुआतमा तृतीय स्थानका लागि प्रतिस्पर्धामा रहेका सविन आचार्य( रीता रावतको समूह र राजेन्द्र पाठक(मीना नेपालको समूहको दोहोरी प्रतिस्पर्धा प्रस्तुति हुनेछ । त्यसपश्चात उत्कृष्ट ८ भित्रका अन्य समूहहरूको दोहोरी प्रस्तुति हुनेछ ।

    केही चर्चित गायक(गायिकाहरूको समेत कार्यक्रममा विशेष प्रस्तुति रहनेछ । राजु परियार, शर्मीला गुरुङ, शिला आले, रामजी खाँण, पशुपति शर्मा, कुलेन्द्र बि।क।लगायतको प्रस्तुति हुने कार्यक्रम संचालकमध्येका एक बद्री पंगेनीले जानकारी दिए । गायक-गायिकाहरू शुक्रबार साँझ नै पोखरा पुगिसकेका छन् ।

    उपाधि प्रतिस्पर्धामा रहेका दुई समूहको प्रस्तुतिपछि साँझ ७ः३० बजे विजेता घोषणा गरिनेछ ।

    डिजिटल अडिसनबाट छनोट भएकामध्ये ३५ समूहको फिजिकल अडिसन हुँदै उत्कृष्ट २४ समूह छनोट गरिएको थियो । २४ समूहबीच प्रतिस्पर्धा हुँदै ‘दोहोरी च्याम्पियन’ फिनालेसम्म पुगेको हो ।

    यसको निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा छन् । गायक बद्री पंगेनी र गायिका प्रिती आलेले यसमा कार्यक्रम संचालकको भूमिका निर्वाह गर्दै आएका छन् । नेपाल टेलिभिजनमा शनिबार राति ८ः५० बजेबाट ‘दोहोरी च्याम्पियन’ प्रशारण हुँदै आएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
    • मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    • सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.