सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रशासन कार्यालय रामपुरमा सेवाग्राही बढे


  •    न्युजभित्तो/१३ कार्तिक २०७८, शनिबार १०:४० 
  • रामपुर (पाल्पा), १३ कात्तिक । इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ ।

    यस आर्थिक वर्षको तीन महिनामा एक हजार ३०४ जनाले नयाँ नेपाली नागरिकता लिएका छन् । साउनमा ४०४, भदौमा ६१८ र असोजमा २८२ जनाले नयाँ नागरिकता बनाएका छन् । त्यस्तै ९८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । साउनमा ३४९, भदौमा ५५५ र ७९ जनाले प्रतिलिपि लिएको प्रशासन कार्यालयले जनाएको छ । यस आर्थिक वर्षको हालसम्म दु्रत राहदानी सिफारिस ६६, जनजाति प्रमाणित, नाबालक परिचयपत्र सिफारिस १४३ जनाले लिएको पाइएको छ ।

    हाल दैनिक ४० ले नयाँ नागरिकता, दशले दु्रत राहदानी सेवा, जनजाति नाबालक प्रमाणित १५ जनाले लिने गरेको कार्यालय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिनुभयो । “हिजोआज कार्यालयमा सेवाग्राहीको भीड बढेको छ, विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन्, सदरमुकाम तानसेन जानु नपर्ने हुँदा पनि उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

    नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।

    यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ । कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, दुई खरिदार छन् भने करारमा एक कम्प्युटर अपरेटर, दुई कार्यालय सहयोगी छन् ।

    पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गतेबाट कार्यालय स्थापना गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.