तीन नम्बर प्रदेश सरकारले यस प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरेको नीजि क्षेत्रसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएको छ । सरकारले रणनीतिक महत्वका विभिन्न योजनाहरु अन्तरक्रियामा प्रस्तुत गर्दैछ । तीन नम्बर प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हुन लागेको कार्यक्रममा सरकारले आफ्ना महत्त्वपूर्ण योजनाहरु प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारले आफ्ना गौरबका आयोजनासहित काठमाडौँ–कुलेखानी–हेटौंडा सुरुङ मार्ग, सामाखुशी–टोखा–छहरे सुरुङ मार्ग, अटोपार्क तथा सःशुल्क बसपार्क ग्राम (हेटौंडा,सिन्धुली, बनेपा, भरतपुर, ललितपुर, धुनीबेशी, ललितपुर)मा प्रस्ताव गर्ने गरी योजना तयार गरेको छ ।
उक्त आयोजनाका लागि जग्गाको व्यवस्थापन भने स्थानीय तहको संयोजनमा प्रदेश सरकारले गर्ने जनाईएको छ । यसैगरी जलविद्युत आयोजनातर्फ मकवानपुर र ललितपुरमा माथिल्लो बागमति, रसुवा र नुवाकोटमा तल्लो फलाकु, दोलखामा च्याडु खोला जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको छ । यस्तै फोहोर मैला व्यवस्थापन तथा ढल प्रशोधन आयोजनामा भरतपुर अस्पतालजन्य फोहोर तथा ढल प्रशोधन आयोजनालगायत विभिन्न शहरमा फोहोर तथा ढल प्रसोधनका आयोजनाहरु गर्ने प्रस्ताव गरिने भएको छ । एकीकृत विकास परियोजनातर्फ सिन्धुली–मरिन करिडोर एकीकृत विकास परियोजना, स्थानीय तहसँगको सहकार्यमा काठमाडौँ उपत्यका, चितवन, हेटौंडा बनेपामा आकाशे पुल तथा अण्डरपासका योजना पनि निजी क्षेत्रसँग सहकार्यका लागि प्रस्तुत गरिने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटाले जानकारी दिनुभएको छ । यसैगरी हेटौँडामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, काठमाडौँ उपत्यका, चितवन, धुलिखेलमा टुरिजम बस टर्मिनल, काठमाडौँ उपत्यकासहित चितवन, काभ्रे र हेटौँडामा इलेक्ट्रिकल भेहिकल्स तथा चार्जिङ स्टेशन निर्माणको योजना अगाडि सारिएको छ ।
यता औद्योगिक क्षेत्रतर्फ सिन्धुलीको मरिनमा दुई हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि निजी क्षेत्रलाई विषेश सहुलितसहित उद्योग स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडि सारेको छ । सिन्धुलीको हरिहरपुरगढि र महेन्द्रनगर झाडीमा उद्योगग्राम, त्रिशुली–गल्छि–नुवाकोट–धादिङ–बुढिगण्डकी करिडोर विकास, सिन्धुली–दुधौली क्षेत्र औद्योगिक करिडोर निर्माणको प्रस्ताव पनि अगाडि सार्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटोले जानकारी दिनुभयो । यसैगरी १३ वटै जिल्लामा औद्योगिक ग्राम निर्माण गरिने, जसको लागि चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा जग्गाको व्यवस्थापन गरिने जनाईएको छ । उद्योगका उत्पादनहरुको बृहत्तर बजार निर्माण गरिने, ठूला कागज उद्योगको लागि चितवन र मकवानपुरका लोथर तथा मनहरीमा जग्गा व्यवस्थापन गर्ने कार्य भईरहेको आयोगले जानकारी दिएको छ । यसैगरी नीजि क्षेत्रलाई सहजीकरण तथा सहकार्य गर्ने गरी सञ्चालनमा सहयोग गर्न सकिने गरि उद्योगहरुको प्राथमिकीकरण पनि गरेको छ ।
सरकारले औषधिजन्य उद्योग, दुग्ध पदार्थ उत्पादन तथा प्रशोधन उद्योग, फलफूल प्रशोधन, मेडिसिनल एरोमेटिक प्लान्ट तथा जडिबुटी प्रशोधन, एकीकृत काष्ठजन्य उपज प्रशोधन केन्द्र, खाद्यान्न भण्डारण, काल्डचेनसहित बधशाला निर्माण, दुग्ध पाउडर प्रशोधन प्लान्ट, कृषि औजार कारखाना उद्योग, शीत भण्डार, प्रादेशिक कृषि थोक बजारलगायत प्रस्ताव गर्ने योजना बनाएको छ ।
यसैगरी, एकीकृत कृषि विकास परियोजना अन्तर्गत तीन वटा जिल्लामा महत्त्वपूर्ण आयोजना अगाडि सारेको छ । सिन्धुलीको दुधौली क्षेत्रमा, चितवनको माडि क्षेत्रमा र नुवाकोट जिल्लामा एकीकृत कृषि विकास परियोजना निर्माणका लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने गरि प्रस्ताव छ । सरकारले हेटौँडा, बनेपा र चितवनमा प्रादेशिक कृषि बजार समेतको प्रस्ताव गरेको छ ।
यसैगरी पर्यटन विकासका लागि पर्यटन होटल÷रिसोर्ट पूर्वाधार विकास परियोजनालाई पनि अगाडि सारेको छ । पर्यटन तथा होटल÷रिसोर्ट निर्माणका लागि सोम्दाङ, सिन्धुलीगढि, पाँचपोखरी, रुबीभ्याली, शिवालय, जिरी, फुलचोकी÷नागार्जुन÷चन्द्रागीरी, चित्लाङ, जुगल, दामन, हेलम्बु, मुडे÷शैलुङ, कुलेखानी, लाङटाङलगायतका स्थानहरुलाई प्राथमिकतामा राखिएको छ । थाहानगर–ईन्द्रसरोबर एकीकृत पर्यटन विकास परियोजनालाई पनि प्रदेश सरकारले अगाडि सारेको छ । योजना अनुसार भिमफेदी–दामन केबलकार, दामन–चित्लाङ–कुलेखानीमा रिसोर्ट, झिरभारी देखि शिखरकोट मिनिरेल, दामनमा बाह्रै महिना स्नो हाउस निर्माण, दामनमा लालिगुराँस तथा पार्क निर्माण, पर्यटकीय मार्ग त्रिभुवनराजपथमा ढुङ्गाको मूर्तिकला, प्राचिन संस्कृति, कला, हस्तकला तथा होमस्टे विकास, कुलेखानीमा बोटिङ, कुलेखानी ईन्द्रसरोबर साइक्लिङ तथा वाकिङ रुट, हिल स्टेशन विकास कार्यक्रम रहेका छन् ।
एकीकृत मुडे–शैलुङ्ग–चरिकोट–कालिञ्चोक– जीरी–गौरीशङ्कर विकास परियोजना अन्तर्गत रिसोर्ट निर्माण, रामेछाप–शैलुङ–जटापोखरी केबलकार निर्माण, जिरी ताल विकास तथा रिसोर्ट निर्माण, फिल्म सिटी दोलखा, हिल स्टेशन निर्माण, हिमाली चिडिया घर निर्माण योजना रहेका छन् । जुगल क्षेत्र विकास परियोजना अन्तर्गत पर्यटकीय होटल निर्माण, एकीकृत टुरिजम भिलेज पूर्वाधार निर्माण, दुई वटा हेलिप्याड निर्माण, पदमार्ग विकास तथा स्तरोन्नती लगायतका पूर्वाधार निर्माणका योजनाहरु रहेका छन् ।
धादिङको राष्ट्रिय वन क्षेत्रमा हण्टिङ–रिक्रियसन–जंगल सरभाईवल टुरिजम पार्कको रुप्मा विकास गर्ने, सडक÷पदमार्ग तथा पूर्वाधार निर्माण गर्ने, धुञ्चे–गोसाईकुण्ड केबलकार निर्माण गर्ने, काठमाडौँ उपत्यका पर्यटकीय विकास कार्यक्रम अन्तर्गत काठमाडौँको नागर्जुनमा कृत्रिम सगरमाथा रिसोर्ट सञ्चालन, काठमाडौँ केवलकार सर्किट, संस्कृति संरक्षण तथा प्राचिन पूर्वाधार संरक्षणलाई पनि नीजि क्षेत्रसँगको सहकार्यमा गर्न सकिने कार्यका रुपमा राखिएको छ ।
तीन नम्बर प्रदेश सरकारले यस प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरेको नीजि क्षेत्रसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएको छ । सरकारले रणनीतिक महत्वका विभिन्न योजनाहरु अन्तरक्रियामा प्रस्तुत गर्दैछ ।
तीन नम्बर प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगको आयोजनामा हुन लागेको कार्यक्रममा सरकारले आफ्ना महत्त्वपूर्ण योजनाहरु प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारले आफ्ना गौरबका आयोजनासहित काठमाडौँ–कुलेखानी–हेटौंडा सुरुङ मार्ग, सामाखुशी–टोखा–छहरे सुरुङ मार्ग, अटोपार्क तथा सःशुल्क बसपार्क ग्राम (हेटौंडा,सिन्धुली, बनेपा, भरतपुर, ललितपुर, धुनीबेशी, ललितपुर)मा प्रस्ताव गर्ने गरी योजना तयार गरेको छ ।
उक्त आयोजनाका लागि जग्गाको व्यवस्थापन भने स्थानीय तहको संयोजनमा प्रदेश सरकारले गर्ने जनाईएको छ । यसैगरी जलविद्युत आयोजनातर्फ मकवानपुर र ललितपुरमा माथिल्लो बागमति, रसुवा र नुवाकोटमा तल्लो फलाकु, दोलखामा च्याडु खोला जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेको छ । यस्तै फोहोर मैला व्यवस्थापन तथा ढल प्रशोधन आयोजनामा भरतपुर अस्पतालजन्य फोहोर तथा ढल प्रशोधन आयोजनालगायत विभिन्न शहरमा फोहोर तथा ढल प्रसोधनका आयोजनाहरु गर्ने प्रस्ताव गरिने भएको छ । एकीकृत विकास परियोजनातर्फ सिन्धुली–मरिन करिडोर एकीकृत विकास परियोजना, स्थानीय तहसँगको सहकार्यमा काठमाडौँ उपत्यका, चितवन, हेटौंडा बनेपामा आकाशे पुल तथा अण्डरपासका योजना पनि निजी क्षेत्रसँग सहकार्यका लागि प्रस्तुत गरिने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देबकोटाले जानकारी दिनुभएको छ । यसैगरी हेटौँडामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, काठमाडौँ उपत्यका, चितवन, धुलिखेलमा टुरिजम बस टर्मिनल, काठमाडौँ उपत्यकासहित चितवन, काभ्रे र हेटौँडामा इलेक्ट्रिकल भेहिकल्स तथा चार्जिङ स्टेशन निर्माणको योजना अगाडि सारिएको छ ।
यता औद्योगिक क्षेत्रतर्फ सिन्धुलीको मरिनमा दुई हजार रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र निर्माणका लागि निजी क्षेत्रलाई विषेश सहुलितसहित उद्योग स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडि सारेको छ । सिन्धुलीको हरिहरपुरगढि र महेन्द्रनगर झाडीमा उद्योगग्राम, त्रिशुली–गल्छि–नुवाकोट–धादिङ–बुढिगण्डकी करिडोर विकास, सिन्धुली–दुधौली क्षेत्र औद्योगिक करिडोर निर्माणको प्रस्ताव पनि अगाडि सार्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटोले जानकारी दिनुभयो । यसैगरी १३ वटै जिल्लामा औद्योगिक ग्राम निर्माण गरिने, जसको लागि चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा जग्गाको व्यवस्थापन गरिने जनाईएको छ । उद्योगका उत्पादनहरुको बृहत्तर बजार निर्माण गरिने, ठूला कागज उद्योगको लागि चितवन र मकवानपुरका लोथर तथा मनहरीमा जग्गा व्यवस्थापन गर्ने कार्य भईरहेको आयोगले जानकारी दिएको छ ।
यसैगरी नीजि क्षेत्रलाई सहजीकरण तथा सहकार्य गर्ने गरी सञ्चालनमा सहयोग गर्न सकिने गरि उद्योगहरुको प्राथमिकीकरण पनि गरेको छ ।