सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन सवारीसाधन अवरुद्ध हुने


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १६:३६ 
  • मकवानपुर, १२ कात्तिक । मकवानपुर जिल्लाको भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ गतेदेखि तीन दिन सवारीसाधन अवरुद्ध हुने भएको छ ।

    हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने कुलेखानी सडकखण्डमा स्तरोन्नति गर्न दैनिक ४ घण्टा सवारीसाधन अवरुद्ध हुने भएको वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले जानकारी दिएको छ । मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा कात्तिक १३ देखि कात्तिक १५ गतेसम्म दैनिक तीन दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारीसाधन अवरुद्ध हुने जानकारी गराएको हो ।

    निर्देशनालयका निमित्त निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी गाउँपालिका–६ जुरीखेतदेखि चिसापानीगढी बीचको एघार घुम्ती क्षेत्रमा सडक साँघुरो, उच्च ग्रेडियन्ट तथा घुम्ती क्षेत्रमा अष्फाल्ट कङ्क्रिट पेभमेन्ट कार्य हुने भएकाले तीन दिन ४ घण्टा सबै प्रकार (सुमो, मोटरसाइकल, स्कुटर, बस, ट्र्याक्टर आदि) का सवारी साधनमा रोक लगाउने भनिएको छ ।

    साथै निर्देशनालयले जारी गरिएको सूचनामा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरूमा समन्वय गरी निर्माणमा सहयोग पु¥याइदिन सबैलाई आग्रहसमेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.