सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चौथो अभियान भलिबल प्रतियोगिता सुरु


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार ११:३२ 
  • गण्डकी, १२ कात्तिक । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित बाराही माध्यामिक विद्यालयको खेल मैदानमा चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ ।

    अभियान युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको पहिलो खेलमा शान्ता भलिबल ट्रेनिङ सेन्टरले वियन्का कृषि फार्म, मट्टिखान युवा क्लबले मालेपाटन भलिबल ट्रनिङ सेन्टर, कृस्ती मिलन क्लबले कुदवीडाँडा युथ क्लब र बाराही माविले सशस्त्र प्रहरी बल कालिका गणलाई हराएका थिए ।

    कूल १२ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले नगद रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उपविजेताले नगद रु २५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ भने ट्रफीको व्यवस्था गरिएको छ । पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपालीले सो प्रतियोगिताको शुभारम्भ गर्दै नयाँ खेलाडी उतपादनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा खेल संयोजक एवं क्लबका अध्यक्ष राजु गिरी, बाराही मावि व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मोहन केसी, बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बराल, फेवा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अध्यक्ष हरिभक्त पौडेललगायतले प्रतियोगताले खेलकुदको विकासमा टेवा पु¥याउने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.