सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फेसबुक कम्पनीको नाम परिवर्तन,अब “मेटा” रहने


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार ११:०१ 
  • काठमाडौं,१२ कात्तिक। सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी मेटा (Meta) राखेको हो ।

    मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन् । मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्दछन् ।

    कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ । हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ ।

    फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन भएर मेटा राखिएको भएपनि यसले सोसल मिडिया प्लाटफर्महरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको नामलाई असर गर्ने छैन । केवल यी प्लाटफर्महरुको मातृ कम्पनीको नाम परिवर्तन भएर अबदेखि मेटा रहनेछ ।

    नयाँ नाम सार्वजनिक गर्ने क्रममा सिइओ जुकरबर्गले विद्यमान ब्राण्ड नामले कम्पनीले हाल गरिरहेका कामहरु तथा भविष्यमा गर्ने कामहरुलाई समेनट्न नसकेको हुनाले यसको नाम परिवर्तन गर्नुपरेको बताए ।

    नाम घोषणाको भर्चुअल कार्यक्रम जुकरबर्गले भनेका छन्– समयसँगै मलाई आशा छ हामीलाई यसलाई एक मेटाभर्स कम्पनीको रुपमा देख्नेछौँ । हामीले जे बनाउन जाँदैछौँ त्यसमै आफ्नो पहिचान र काम अडियोस् भन्ने म चाहन्छु ।

    हाल कम्पनीले दुई भिन्न क्षेत्रमा काम गरिरहेको र त्यसमध्ये एउटा सोसल मिडिया एपहरुको परिवार र अर्को भविष्यमा प्रविधिहरुको प्लाटफर्म रहेको जुकरबर्गको भनाइ छ । नयाँ नामसँगै प्रयोगकर्ताहरुले भविष्यमा कम्पनीका अन्य सेवाहरुको प्रयोग गर्दा पनि फेसबुक नै प्रयोग गर्नुपर्ने बाध्यता नरहने जुकरबर्गले जनाएका छन् ।

    नाम परिवर्तनसँगै फेसबुकले नयाँ चिह्न (लोगो) पनि सार्वजनिक गरेको छ जस अन्तरगत बुढी औंला उठाएको अर्थात् थम्ब्स् अप वाला लाइकको लोगोलाई निलो इन्फिनिटी आकारको लोगोले विस्थापित गर्नेछ ।

    फेसबुककी एक पूर्व कर्मचारीले सार्वजनिक गरेका विभिन्न गोप्य दस्तावेजहरुमा आधारित नकारात्मक समाचारहरुको श्रृंखलासँगै कम्पनीको प्रतिष्ठामा दाग लाग्ने अवस्था आएपश्चात् फेसबुक कम्पनी आफ्नो नाम परिवर्तन गर्ने निर्णयमा पुगेको थियो ।

    फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस हुगेनले फेसबुकमाथि सुरक्षालाई भन्दा नाफालाई बढी प्राथमिकता दिने गरेको आरोप लगाएकी छन् ।

    फेसबुकले राखेको आफ्नो नयाँ नाम ‘मेटा’ ग्रिक शव्द हो जसको अर्थ ‘पर’ भन्ने हुन्छ ।

    स्मरण रहोस् सन् २०१५ मा गुगलले आफ्नो कम्पनीको पुनर्संरचना गर्दै मातृ कम्पनीको नाम ‘अल्फाबेट’ राखेको थियो । यद्यपि आम जनमानसमा अहिलेसम्म पनि अल्फाबेट नाम खासै जनजिब्रोमा चलेको छैन र मानिसहरु गुगल नै भनेर चिन्दछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.