सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर कप फुटबल : खुमलटार विजयी


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार १६:२२ 
  • काठमाडौँ, ११ कात्तिक । एफई खुमलटार भेट्रान्स क्लब, साइनिङ सन फुटबल एकेडेमीलाई पराजित गर्दै मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले साइनिङ सन फुटबल एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो । खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गर्नुभयो । जितसँगै समूह डि मा रहेको खुमलटारले दुई खेलबाट ६ अङ्क जोडेको छ । खुमलटार शीर्ष स्थानमा प्रवेश गरेको छ ।

    ‘फुटबलर्स मिसन टुगेदर’को आयोजनामा जारी उक्त प्रतियोगितामा २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उपविजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.