सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चोरको बिगबिगी : आठ कार्यालय र १९ घरमा तोडफोड र चोरी


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार १४:५४ 
  • गलकोट, ११ कात्तिक । बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ ।

    मङ्गलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल र रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो ।

    निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रष्ट बनाएको गौतमको भनाइ छ । कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तारसमेत काटिएको छ । सामान भने हराएको अहिलेसम्म देखिएको छैन । यद्यपि यसबारेमा सामान चेकजाँच भइरहेको छ । चोरले वडा नं ३ को वडा कार्यालय तोडफोड गरेको छ भने त्यहाँबाट रु ६०० चोरेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

    वडा नं ४ को कार्यालय पनि तोडफोड भएको छ । कार्यालय तोडफोडसँगै रु ११ हजारसमेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नं ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । वडा नं ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत तोडफोड गरेको छ ।

    तीन विद्यालयमा तोडफोड भए पनि कुनै सामान हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले जानकारी दिनुभयो । बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरी रु १० हजार चोरी भएका विद्यालयले जनाएको छ । चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै– १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नं २ मा २ र वडा नं ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

    वडा नं– ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट रु १० लाख बराबरको नगद र जिन्सी चोरी भएको उहाँले जानकारी दिनुभयो ।

    गलकोट, ११ कात्तिक । राति तोडफोड तथा चोरी भए पनि स्थानीयवासी र कर्मचारी, जनप्रतिनिधिले बिहान मात्रै थाहा पाएका थिए । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने बिहान ७ बजे कर्मचारी आउँदा ढोका खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

    गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उहाँले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरमा लाखौँको चोरी भएको जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
    गर्मी बढेसँगै मोहीको माग बढ्दो
    संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च होः सभामुख अर्याल
    • कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ: राष्ट्रपति पौडेल
    • अन्तर्वार्ताः गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
    • सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की
    • थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.