सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार १३:२६ 
  • लहान,११ कात्तिक । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्

    कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ । पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् ।

    सदायले ६१ वर्षमा पाए नागरिकता

    सुखीपुर नगरपालिका– ६ का विशेश्वर सदायको अनुहारमा यतिबेला बेग्लै सुखी देखिन्छ । जीवनको उत्तराद्र्धमा आएर बल्ल नेपाली नागरिकता पाएपछि च्याउरी र ख्याटे परेको सदायको अनुहारमा ६१ वर्षपछि बल्ल खुसी फर्किएको छ ।

    उहाँले भन्नुभयो “नागरिकता पाउने आश मारिसकेको थिएँ । ६१ बसन्त पार गरेपछि बल्ल नागरिकता पाएकोमा औधी खुसी लागेको छ । ” प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले सदायलाई वंशज नागरिकता प्रदान गर्नुभएको थियो ।

    “नागरिकताका लागि पटक–पटक जिल्ला प्रशासन कार्यालय धाउँदै आए पनि विभिन्न बहानामा नागरिकता पाउनसकेको थिइन्”,सदायले भन्नुभयो,“अहिले आएर बल्ल नागरिकता पाएकोमा असाध्यै खुसी लागेको छ ।” बुढेसकालमा बल्ल नेपाली नागरिक भएको अनुभूति भइरहेको सदायको कथन छ ।

    “नागरिकता नहुँदा राज्यको हरेक सेवासुविधा पाउनबाट वञ्चित थिएँ”, सदायले भन्नुभयो,“, घरको मूल व्यक्ति मै हुँ मेरो नागरिकता नहँुदा श्रीमती र छोराछोरीकोसमेत नागरिकता बन्न सकेको छैन् ।” बल्ल आफ्नो नागरिकता बनेपछि अब श्रीमती र छोराछोरीको नागरिकता बनाइ दिने सदायको भनाइ छ ।

    गाउँमा दलितका लागि आउने सेवा–सुविधा पाउन नसकेपछि बल्ल नागरिकताको महत्व बुझ्नुभएका सदाय नागरिकता बनाउन धुप्रै ठाउँमा गुहारेको दुखेसो सुनाउनुभयो । “पहिला–पहिला नागरिकताको विषयमा राम्ररी बुझेको थिइन्,”, सदायले भन्नुभयो,“गाउँमा विभिन्न सङ्घ संस्थाले दलित परिवारका लागि राहतलगायतका सेवा सुविधा लिएर गाउँमा आउथ्यो, तर आफुसँग नागरिकता नहुँदा ती सेवा–सुविधाबाट वञ्चित हुनुपरेको थियो ।” अनि बल्ल नागरिकता बनाउने चेतना आफूमा आएको सदायको कथन छ ।

    आफ्नो देशभित्रै पनि गैर नेपालीको व्यवहार खेप्दै आएका सदायले नागरिकता बनाइदिन नेतादेखि विभिन्न सङ्घ संस्थाका अगुवालाई गुहारेको तर नागरिकता बन्न नसकेको विगत सम्झिँदै अहिले नागरिकता पाएपछि आफू नेपाली भएको गर्व महसुस भइरहेको बताउनुभयो ।

    निर्वाचनको समयमा आफ्नै वडाका धेरै व्यक्तिले जनप्रतिनिधि छनोट गर्न मत दिइरहँदा टुलुटुल हेरिरहने सदायले नागरिकता पाएसँगै नजिकैको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्रका लागि फोटो समेत खिचाएको जानकारीदिनुभयो । “अहिलेसम्म अरुले मत खसालेको देखेको मात्रै थिएँ”, उहाँले भन्नुभयो,“ अब आफू पनि मत खसालेर चाहेको जनप्रतिनिधि चुन्न पाउने भएको छु ।” आगामी निर्वाचनमा योग्य जनप्रनिनिधिको पक्षमा मतदान गर्ने उहाँको भनाइ छ ।

    उहाँलाई अशिक्षित भएकामा त्यति पश्चातापमा नरहेका सदायलाई नागरिकताको अभावमा जन्मदत्र्ता गराउन र छोराछोरीलाई पढाउन नसकेकोमा पश्चाताप लागेको छ । “मेरो नागरिकता नहँुदा छोराछोरीको जन्मदत्र्ता बनाउन सकिएन्,”, उहाँले भन्नुभयो,“ विद्यालयमा भर्ना हुन जन्मदत्र्ता चाहिन्छ, छोराछोरीको जन्मदत्र्ता नुहुँदा विद्यालयमा भर्ना हुनसकेन् र कुनै पनि छोराछोरीले पढ्न पाएनन् ।” पढन नपाएका छोरा मजदूरी गरेर परिवार पाल्दै आएको उहाँले बताउनुभयो ।

    छोराछोरीलाई पढाउन नसकिए पनि अब आफ्नो नागरिकतासँगै नातिनातिनाको पढाइएको बाटो खुलेकोमा खुसी लागेको सदायको कथन । गरिबी र अशिक्षाले पिल्सिएको सदायको परिवारमा नागरिकतासँगैं बेग्लै सुखी आएको सुखीपुरका स्थानीय सञ्जीव यादवले भन्नुभयो ।

    “यो भन्दा पहिला सदायको परिवार यस्तो खुसी देखिएको थिएन्,”, उहाँले भन्नुभयो,“अहिले सदायसँगै उहाँको परिवारमा ठूलै उत्साह र खुसीयाली आएको हामीलाई आभाष भइरहेको छ ।” नागरिकतासँगै सदाय परिवारको अन्य बाटो समेत खुलेको यादवको कथन छ ।

    नागरिकता प्रमाणपत्रका लागि सदायले संलग्न गरेको सबै कागजात हेर्दा नागरिकता दिनु उचित हुन्छ देखेपछि सदायलाई नागरिकता दिएको प्रजिअ कणेँलले बताउनुभयो । “विभिन्न कालखण्डमा नागरिकता बनाउन सदाय आएको तर नागरिकता नपाएको अवस्था थियो,” उहाँले भन्नुभयो,“कागजात देख्दा नागरिकता दिन मिल्ने देखिएपछि सदायलाई नागरिकता दिएका हौं ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.