सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांक्रेविहार गोल्डकप : पञ्चपुरीको विजयी शुरुआत


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार ११:२९ 
  • कर्णाली, ११ कात्तिक । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो ।

    खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित हुनुभयो । पहिलो आधामा कुनै गोल गर्न नसकेको गुर्भाकोट नगरपालिकाको टिमले दोस्रोमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । आज हुने दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ । १४ गतेसम्म सञ्चालन हुने कपमा विजेताले रु। एक लाख र उपविजेताले रु। ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् ।

    यसैबीच राष्ट्रिय उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको बिदाइ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटबल सङ्घ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको बिदाइ ग¥यो । उपप्रमुख मोहनमाया ढकालले पूर्ण हौसलाका साथ क्षमता प्रदर्शन गरी जित हासिल गर्न शुभकामना दिनुभयो । यही कात्तिक १२ गते काठमाडौंस्थित राष्ट्रिय फुटबल सङ्घको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट २३ खेलाडी सहभागी हुँदैछन् । दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १० विभाग रहने बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.