सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

परमादेशले राष्ट्र बचाएको छ : प्रधानमन्त्री देउवा


  •    न्युजभित्तो/१० कार्तिक २०७८, बुधबार १५:०७ 
  • काठमाडौं, १० कात्तिक। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफूलाई प्रधानमनत्री नियुक्त गर्न दिएको परमादेशले संविधान र राष्ट्र बचाएको दाबी गरेका छन् । परमादेश जारी गर्ने सबै न्यायाधीशलाई राजीनामा गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको सुझावलाई देउवाले आलोचना गरे ।

    आज एक कार्यक्रममा उनले भने, “ओलीजीले संसद भंग गर्‍यागरै गर्नुभयो । परमादेश जारी गरेर सर्वोच्चले राष्ट्र बचाएको छ । प्रजातन्त्र बचाएको छ । त्यसैले ओलीजीले जथाभावि बोल्ने काम छैन । उहाँले कुरा बुझ्नुपर्छ । परमादेश ल्याउने सबैलाई हटाउनुपर्छ भन्ने गैरजिम्मेवार कुरा हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग भइरहेको सन्दर्भमा हिजो एमाले अध्यक्ष ओलीले टिप्पणी गरेका थिए । उनले प्रधानन्यायाधीश मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.