सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुन सक्छ, चितवन छाड्दिन : दाहाल


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १९:३८ 
  • चितवन, ९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “सांसदका रुपमा निर्बाचन लड्ने मेरो अन्तिम हुन सक्छ । चितवन छाड्दिन ।” उहाँले एमालेले १० औं महाधिबेशन चितवनमा गर्न लागेको बिषयमा आफुलाई बिजयी गराउन सुरुवात गरेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “एमालेले महाधिबेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको छ ।”

    फरक प्रसंगमा उहाँले प्रधान न्यायाधिशमाथि महाअभियोग लगाउने विषयमा पाँच दलमा छलफल नभएको बताउनु भयो । उहाँले राज्यका अंगहरुले आफ्नो गरिमा कायम राख्नु पर्ने बताउँदै भन्नुभयो “गठवन्धनमा यस बिषयमा कुनै छलफल भएको छैन । हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ ।”

    उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नु पर्ने बताउनुभयो । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवराको चौतर्फी आलोचना भईरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने बिषयमासबै सर्तक हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “सबै सर्तक हुन जरुरी छ । राज्यका प्रमुख अंगहरु आफ्नो–आफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नु पर्छ ।”

    यस विषयमा सत्ता गठनबन्धनमा छलफल गरेर एक दुईदिनमानै उचित निस्कर्षमा पुग्ने उहाँको भनाई छ । हाल न्यायालयमा देखिएको विवाद एक दुई दिनभित्रै निष्कर्षमा पुग्ने आशा आफूले गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “न्यायालयमा जुन विवाद चलिरहेको छ । एक दुई दिनभित्र निष्कर्षमा पुग्छ भन्ने लाग्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.