सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिप्रप्र काठमाडौँद्वारा गोल्डेन नेपाल सप्लायर्स टोखालाई कारबाही


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १५:१५ 
  • काठमाडौँ, ९ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु (लेज, कुर्कुरे)लाई रिलेभलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको खेला पारेको थियो । जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेभलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिनुभयो ।

    बजार अनुगमनका क्रममा उक्त कार्यमा सङ्लग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल रु तीन लाख जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ बिक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.