सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १५:०८ 
  • काठमाडौं,९ कात्तिक । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ भएको छैन ।

    मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् ।

    त्यसपछि सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको एक न्यायाधीशले जानकारी दिए । सर्वोच्चमा मंगलबार प्रधानन्यायाधीशबाहेक १५ न्यायाधीश उपस्थित छन् ।

    उनीहरुले बुधबार पनि साढे ११ बजे छलफलमा बस्ने जनाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले सोमबारदेखि प्रधानन्यायाधीशले तोकेको इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश न्यायाधीशको विवादका कारण दुई दिनदेखि सर्वोच्च अदालतबाट मुद्दाको सुनुवाइ रोकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.