सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकाली अस्पताललाई भेन्टिलेटर हस्तान्तरण


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १३:५३ 
  • महेन्द्रनगर, ९ कात्तिक । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ । स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो ।

    स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागसित समन्वय गरेर विभिन्न सरकारी अस्पताललाई २६५ थान भेन्टिलेटर हस्तान्तरण गरिएको बताउनुभयो ।

    “ कोरोनाको तेस्रो लहर आएपछि बालबालिकालाई बढी प्रभावित गर्ने शङ्का छ”, उहाँले भन्नुभयो, “ यो बेलाफिष्टा भेन्टिलेटर बालबालिकादेखि सबैलाई काम लाग्छ ।”उहाँले आफूहरुको संस्थाले कोरोना कहरमा विभिन्न दातृ निकायसित समन्वय गरेर स्वास्थ्य सामग्री वितरण गरिएको बताउनुभयो । फाण्डेसनले बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पाँच थान भेन्टिलेटर प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    सो संस्थालाई अन्तर्राष्ट्रिय बौद्ध संस्था ‘जु ची फाउण्डेसन’ले भेन्टिलर सहयोग गरेको थियो । “मुख्य सहयोगी संस्था भनेकै जु ची फाउण्डेसन हो”, वरिष्ठ पत्रकारसमेत रहनुभएका बस्नेतले भन्नुभयो,“हामीले यहाँ सामान मगाउने, वितरण गर्ने लगायतको काममा सहजीकरण गरेको हो ।”थप दुई थान भेन्टिलेटर थपिएसँगै महाकाली अस्पतालमा १४ थान भेन्टिलेटर पुगेको अस्पतालले जनाएको छ ।

    अस्पतालका डा भट्टले पछिल्लो समय कोरोना भाइरसका बिरामीको सङ्ख्या घट्दै गइरहेको जानकारी दिनुभयो ।“सङ्क्रमित आउने र निको भएर जाने क्रम छ”, उहाँले भन्नुभयो,“एक जना सङ्क्रमित मात्रै यहाँ भर्ना भएका छन् ।”कोरोनाको पहिलो र दोस्रो चरणमा गरी कञ्चनपुरमा १९३ जनाले ज्यान गुमाएका थिए । यहाँ बालमैत्री कोभिड श्यया स्थापनाको काम समेत भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.