सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवरुद्ध ग्रामीण सडक सुचारु गर्न प्रयास जारी


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १२:५६ 
  • डडेल्धुरा, ९ कात्तिक ।  वर्षाका कारण अवरुद्ध सडक सुचारु गर्न जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन् । गन्यापधुरा, अजयमेरू, नवदुर्गा, भागेश्वर, आलिताल गाउँपालिका सहित अमरगढी र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । अवरुद्ध सडक केही सुचारु पनि भएका ती पालिकाले जनाएका छन् ।

    रुवाखोला–रेल, धन्ढुङ्गा– बडाल, जनगलस्पा– कैलपालमाडाँै र कोराल–मोइरेल सडकमा एकै साथ चार डोजर प्रयोग गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिनुभयो । अजयमेरू गाउँपालिकाले उग्रतारा–मेलौली, भल्कुडा– चिपुर , ढिमौला–भद्रपुर र बगरकोट–सेरागाँड–देवल सडक सुचारु गर्न काम सुरुआत गरिसकिएको जनाएको छ । गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले वर्षाका कारण अवरुद्ध ग्रामीण सडक खुलाउन उच्च प्राथमिकता दिएको बताउनुभयो ।

    नवदुर्गा, भागेश्वर र आलितालले गाउँपालिकाले अवरुद्ध सडक सुचारु गरिरहेको जनाएका छन् । जिल्ला सदरमुकामस्थित अमरगढी नगरपालिकाले पोखरा– तिलाडी , डकले– सल्लघारी , घटाल– चिरकिट्टे सडकलगायत अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन तथा राहत वितरणमा पालिकालाई आग्रह गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.