सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : मन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार १२:३२ 
  • चितवन, ९ कातिक। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिनुभएको छ ।

    आज यहाँ सञ्चारकर्मीसंग कुराकानी गर्नुहुँदै उहाँले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना वनाएर काम गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ ।

    अहिले योजना वनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उहाँको भनाइ थियो । फरक प्रसङ्गमा उहाँले सुकु्म्बासी समस्या समाधानका लागि संबिधान अनुरुप गरिने जानकारीदिनुभयो ।

    उहाँले भन्नुभयो “जनताले संबिधान प्रदत्त अधिकार प्रयोग गर्न पाउनु पर्छ ।” लामो समयदेखि सुकुम्बासी समस्या रहेको जनाउँदै उहाँले भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ । उहाँले भन्नुभयो “भूमिहीन जनताले संबिधानले दिएको अधिकार उपभोग गर्न पाउँछन् ।” अघिल्लो आयोगले गरेका राम्रा कामको स्वामित्व लिदैं जनताका पक्षमा कामगर्ने उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.