सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्राण्ड बन्दै पाल्पाली ढाका


  •    न्युजभित्तो/९ कार्तिक २०७८, मंगलवार ११:१२ 
  • सुशीला रेग्मी,

    रामपुर (पाल्पा), ९ कात्तिक । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन थालेको छ । यसले उपभोक्ता र यहाँका ढाका व्यापारी मारमा परिरहेका छन् ।

    गुणस्तरीय र पाल्पाली ढाकाको पहिचान नहुँदा उपभोक्ता ठगिन बाध्य भएको गुनासो बढेपछि पाल्पाली ढाका कपडालाई ब्रान्ड बनाएर बजारमा ल्याउने तयारी गरिएको छ । पाल्पाली ढाका सङ्घले निश्चित गुणस्तरसहित ब्रान्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ । युके एड ९सीप०, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका कपडा बजारमा आउने भएको छ ।

    भारत, चीनबाट आएका ढाका कपडाले पाल्पाली ढाका कपडाको व्यापार धरासायी बन्ने अवस्था आएको छ । यसले गर्दा ब्राण्डिङ नै गरेर प्रमाणित गरी शुद्ध पाल्पाली ढाका कपडा हो भन्ने चिनाउने अभियानमा जुटेको पाल्पाली ढाका सङ्घका व्यवस्थापक अनुशेष रायमाझीले बताउनुभयो । उहाँका अनुसार तीनवर्षे ब्राण्डिङ योजना बनाउनका लागि परियोजनाले इमेज आर्ट संस्था काठमाडौँसँग सम्झौता गरी काम अगाडि बढाएको छ । योजना तयारपश्चात् बजारमा छिट्टै पठाइँदैछ ।

    उहाँ भन्नुहुन्छ, “ब्राण्डिङ गरेको सामान तानसेन र र काठमाडौँमा आउँदो डिसेम्बर अर्थात् जनवरी पहिलो महिनामा एकैसाथ शुभारम्भ गर्ने तयारी छ, काठमाडौँमा चारवटा र पोखरामा एक सप्लायर्ससँग पाल्पाली ढाका कपडा पठाउने कुरा भइसकेको छ, ब्राण्ड बनाएर बजार पठाएपछि यहाँको ढाका कपडाको व्यापार अझ फस्टाएर जानेछ ।” ब्राण्ड बनाएर ढाका कपडा बाहिर पठाउनका लागि परियोजनाले निश्चित मापदण्ड तोकेको छ । कारखानाको स्थिति कस्तो छ, कारखानामा सुरक्षा उपकरण छ कि छैन, प्रकाशको व्यवस्था, काम गर्ने मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला पाए÷नपाएको, कामदारमाथि दुव्र्यवहार छ÷छैन लगायत विभिन्न मापदण्ड तयार पारेको छ ।

    सुरुवाती चरणमा तानसेन र काठमाडौँमा एकैसाथ कार्यक्रम सुुरुआत गर्ने तय भएको छ भने विस्तारै ब्राण्ड बनेको ढाका नेपालका सबै जिल्ला र अन्तर्राष्ट्रिय बजारमा सामान पु¥याउने परियोजनाको योजना छ । स्वीजरल्याण्डको लेबल स्टेप संस्थासँग साझेदारी गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउने तयारी भइरहेको छ । हाल यहाँ उत्पादन भएको ढाका कपडा युरोपका विभिन्न देशमा निर्यात हुँदै आएको छ । ब्राण्ड बनेपछि पाल्पाली ढाकाको नाम बदनाम हुने क्रम रोकिने छ ।

    बाहिरबाट भित्रिएका मेसिनबाट उत्पादित ढाका कपडाले गर्दा पाल्पाका केही उद्योग बन्द पनि नभएका होइनन् । अहिले ब्राण्डिङमा लैजाने भएपछि भने पुनः उद्योगीमा उत्साह थपिएको छ । उद्योगीको व्यापार फस्टाउने अवस्थामा छ । उद्योगलाई स्थापित गराउन, सरकारले तोकेको न्यूनतम ज्याला कामदारलाई उपलब्ध गराउन यसले सहयोग पुग्नेछ । पाल्पाली ढाकाको कपडालाई ब्रान्ड बनाएर बजारमा पठाउँदा यसको छुट्टै पहिचान बन्ने र उपभोक्ताले पनि राम्रो सामान उपभोग गर्न पाउने बताउनुहुन्छ, पाल्पाली ढाका सङ्घका अध्यक्ष पूर्णमाया महर्जन ।

    “तानबाट हातले बुनेका ढाका कपडाको छुट्टै महत्व छ, ग्राहकले तानबाट उत्पादित सामग्री धेरै रोज्नुहुन्छ, तर यहाँ त हिजोआज बाहिरबाट आएका ढाकाले बजार बिगारेको हँुदा अब सबै ग्राहकले पहिचान गर्ने खालको ब्राण्ड बनाएर बजार पठाउँछौँ”, अध्यक्ष महर्जनले भन्नुभयो । महर्जनका श्रीमान् स्व गणेशमानले भारतमा ढाका बुन्ने सीप सिकेर आएपछि विसं २०१५ मा पाल्पामा ढाका कपडाको व्यवसाय थालनी गर्नुभएको हो । अहिले यसले देश तथा विदेशमा राम्रो पहिचान बनाउन सफल भएको छ । त्यतिबेला गणेशमानले पाल्पा कारागारमा रहेका थुनुवाबाट कपडा बुन्ने काम गराउँदा बन्दीलाई आम्दानीको राम्रो माध्यम बनेको थियो ।

    स्व गणेशमानले सुरु गरेको व्यावसाय अहिले पनि निरन्तर चलिरहेको छ । उहाँकी श्रीमती पूर्णमाया हालसम्म सात हजार महिलालाई ढाका कपडाको तालिम दिइसकेको बताउनुहुन्छ । उहाँ उमेरले ८४ वर्ष पुगे पनि यस व्यवसायमा धेरै महिला उद्यमी उत्पादन गरेर रोजगारको ढोका खोलिदिनुभएको छ । पूर्वदेखि पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उहाँको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी करिब ९० थरिका सामान उत्पादन गर्नुहुन्छ । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिनुहुन्छ । हाल उहाँको कारखानामा २५ महिला कामदार छन् ।

    एक वर्षअघिदेखि सुरु भएको ढाका सङ्घले हालसम्म पहिलो चरणमा ५०, दोस्रो चरणमा ९८ जनालाई ढाका कपडा बुनाई तालिम दिइसकेको छ भने तेस्रो चरण अन्र्तगत हाल १९५ जनामाझ तालिम चलाइरहेको छ । दश जनालाई ढाका सिलाइकटाई, १५ जनालाई ढाकाको प्राविधिक उत्पादनसम्बन्धी तालिम उपलब्ध गराएको छ । यस कार्यक्रममा ९८ प्रतिशत महिला आबद्ध छन् । बन्द रहन पुगेका दुई उद्योगः कार्की ढाका उद्योग र महेश ढाका उद्योगलाई पुर्नउत्थान गर्ने काम भएको छ ।

    पाल्पामा नौवटा उद्योगबाट परियोजना सञ्चालनमा आएको छ भने त्यसयता तीनवटा नयाँ कारखाना स्थापना भएका छन् । जसमा बिस्कुनडाँडा ढाका उद्योग, राधिका ढाका उद्योग, भगवती ढाका बुनाई र एक वटा दर्ता प्रक्रियामा छ । देश तथा विदेशमा छुट्टै पहिचान बोकेको पाल्पाली ढाका कपडाको ब्राण्डिङ गर्ने कार्य पहिले नै हुनुपर्ने भए पनि परियोजनामार्फत ढिला भए पनि जुन कदम चालिएको छ सही रहेको पत्रकार प्रकाश नेपाल बताउनुहुन्छ ।

    “पाल्पाली ढाका कपडाको आवरणमा बाहिर उत्पादित कपडा बिक्री गर्ने प्रवृत्तिले ढाका कपडाको व्यापारमा उपभोक्ता र व्यवसायी दुवै मारमा परिरहेका छन्, ब्राण्डिङ गरेर बजारमा लैजाने योजना छ, त्यसले बाहिरबाट उत्पादित ढाका कपडाको व्यापारमा उपभोक्ता ठगिनबाट जोखिनेछन्, यसलाई निरुत्साहित गर्नुपर्छ”, उहाँले भन्नुभयो । अहिले उद्योग थपिने क्रम जारी छ । पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । दसैँअघिमात्रै तानसेनको टुँडिखेलमा लुम्बिनी प्रदेश सरकार र परियोजनाको सहयोगमा पाल्पाली कोसेली घर पनि सञ्चालनमा ल्याइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.