सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सल्यानको कपुरकोटमा जिप दुर्घटना हुँदा ८ जना घाइते


  •    न्युजभित्तो/७ कार्तिक २०७८, आईतवार १०:५८ 
  • सल्यान,७ कात्तिक । सल्यानको कपुरकोटमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

    सल्यानको बागचौरबाट दाङतर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जिप (डबल क्याब) आज बिहान करिब ७ः५० बजेतिर कपुरकोट-३ स्थित मुलपानी वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो ।

    गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

    अन्य घाइतेहरुमा बागचौर नगरपालिका वडा नं। १ सल्यान निवासी अन्दाजी १४ वर्षीय आयुस बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बागचौर नगरपालिका २ का अन्दाजी २७ वर्षीया सीता वली, २८ वर्षीया बविता रावल र उनकी छोरी एसिका छन् ।

    यसैगरी गाडी चालक बागचौर नगरपालिका २ का १९ वर्षीय हिक्मत पुनमगर र बागचौर २ कै १९ वर्षीय अर्जुन केसी पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.