सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भर्चुअल माध्यमबाट भैंसी सम्मेलन


  •    न्युजभित्तो/६ कार्तिक २०७८, शनिबार १२:५१ 
  • चितवन,६ कात्तिक । यही कार्तिक ८ गते देखि १२ गते सम्म नेपालमा पहिलोपटक एसियन भैंसी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपंक्षि विकास मन्त्रालय, एसियन वफेलो एशोसियसन र इन्टरनेशनल वफेलो फेडेरेशन आयोजना गर्न लागिएको हो ।

    १० औं एसियन वफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्रा.डा. भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिनुभयो । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरि बिश्वविद्यालयले सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा देवकोटाले भैंसी सम्मेलनमा १७ देशका विज्ञहरुले ७ विधामा १ सय ३५ बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा ३ सय ५० बढी वैज्ञानीकहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।

    वैज्ञानिक, प्राध्यापक, कृषक तथा विद्यार्थी सहभागी भएर ५ दिनसम्म छलफल हुनेछ । भैंसी पालन, व्यवस्थापन, स्वास्थ, बजारिकरण एवम् उपयोगिता बारे भएका नविनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने उहाँले जानकारी दिनुभयो । सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको यो सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैंसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आइरहेको छ ।

    बेमौसमी प्रजनन प्रविधिबाट करिव ४७ प्रतिशत उत्पादन क्षमता पाइएको छ । स्थानीय रुपमै हर्मोन उत्पादन गर्न सके बेमौसमी प्रजनन कार्य किसानको गोठमा पुयाउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैंसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गरिने देवकोटाको भनाई छ । सम्मेलनको उद्घाटन कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम रहेको छ । सम्मेलनबारे जानकारी लिन वेभसाइट, इभेन्टस् मो एप तथा जुम वेभइनर प्लाट्फर्मको प्रयोग गर्न सकिने छ ।

    पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाई दिन यो सम्मेलन सफल हुने बताउनुभयो । अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भैंसीलाइ कालो सुनका रुपमा लिइने भएकाले नयाँ प्रविधि र खोज अनुसन्धान प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सहयोग वुग्ने बताउनुभयो । नेपालमा दुग्ध उत्पादनमा भैंसीको करिव ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०१७ मा नेपालमा भएको सम्मेलन पछिनै विश्वविद्यालयले भैंसी अनुसन्धानमा दिर्घकालिन योजना निर्माणमा लागिपरेको छ ।

    यसका लागि भैंसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको सो अवसरमा जानकारी दिइएको थियो । सम्मेलनकै कारण वैज्ञानिक बीचको सन्जाल मार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा लिइएको पत्रकार सम्मेलनमा जानकारी दिईयो । एसियामा ९० प्रतिशत भैंसीपालन हुँदै आएको छ । नेपाल एसियामा भैंसी उत्पादनमा चौथो स्थानमा रहेको सो अबसरमा जानकारी दिईएको थियो । नेपालमा करिब ५२ लाख भैंसीको संख्या रहेको अनुमान छ ।

    स्थानीय जातहरुमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराइतिर तराइ जात र मुर्रा जातका भैंसीपालन हुँदै आएका छन् । नेपालमा पछिल्लो समय आयातित हाइव्रिड जातका भैंसीपालन समेत बढ्दो क्रममा रहेको देवकोटाले जानकारी दिनुभयो । दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैंसीलाइ बहुउपयोगी जनावर मानिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.