सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशैंपछि कार्यालय खुलेसँगै गुल्मीमा नागरिकता र पासपोर्ट बनाउनेको भीड


  •    न्युजभित्तो/६ कार्तिक २०७८, शनिबार ११:५९ 
  • गुल्मी, ६ कात्तिक। दशैँपछि सेवा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालयमा गुल्मीमा नागरिता र राहदानी लिनेहरूको भीड लाग्न थालेको छ ।

    चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको हो ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नयाँ नागरिता र २० जनाभन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । तर दशैंपछि कार्यालय खुलेपछि एकै दिन १०० जना बढीले नयाँ नागरिता बनाउने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

    सेवाग्रही बढेकै बेलामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा दुई जना प्रशासकीय अधिकृतमध्ये एक जना बिरामी बिदामा बसेकाले जनशक्ति अभाव भएको छ ।

    गुल्मी जिल्लामा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ ।

    नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै जादा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावीत पारीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.