सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कागती खेती अभियानमा गौरीगञ्जका ज्ञानहरि भन्छन् “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ”


  •    न्युजभित्तो/६ कार्तिक २०७८, शनिबार १०:२४ 
  • नारायण अधिकारी

    चितवन, ६ कात्तिक । ‘देशको माटो रम्न सके रम्छ नेपाल’ यो नारासँगै यहाँका एक कृषक कागती खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–८ गौरीगञ्जमा कुटो कोदालो कृषि बारी नामक संस्था दर्ता गरेर स्थानीय ज्ञानहरि कँडेल कृषि अभियानमा जुट्नुभएको हो ।

    उहाँले अहिले आफ्नो सात कट्ठा जमिनमा कागती खेती गर्दै आउनुभएको छ । कँडेलले विदेशको यात्रालाई रोकेर आफ्नै बारीमा कागती खेती गर्दै आउनुभएको हो । छ वर्ष पहिले विदेश जाने सोचमा रहनुभएका कँडेल राहदानी (पासपोर्ट) बनाउनका लागि सिफारिस लिन जानुभन्दा अघिल्लो दिन साँझको टेलिभिजन कार्यक्रमले उहाँलाई कृषि कर्ममा आकर्षित गयो । टेलिभिजन कार्यक्रममा नेपालमा कागती लाखाँैको आयात हुने सुनेपछि उहाँले विदेशको यात्रालाई पूर्णविराम लगाउँदै यस व्यवसायमा लाग्नुभएको हो ।

    उहाँले भन्नुभयो, “विदेश जाने रहर होइन । साथीभाइ सबै विदेशमा भएकाले केही समय विदेश जाउँ भन्ने लागेको थियो । तर पछि मन बद्लियो ।” टेलिभिजन कार्यक्रम हेरेर प्रभावित बनेपछि आफ्नै देशको माटोमा केही गर्नुपर्छ भन्दै उहाँले कागती खेती सुरु गरेको स्मरण गर्नुभयो । कँडेलले सुरुआतमा आफ्नो सात कट्ठामा १०० वटा कागतीका बिरुवा लगाउनुभयो । उहाँको बारीमा सुन कागती लगाउनुभएको छ । उहाँले भन्नुभयो, “महिनामा चार क्विन्टल कागती बेच्छु, बजारको समस्या छैन ।” उहाँले करेसाबारीमै सुन फलेजस्तो लाग्छ, खुसी लागेको छ भन्नुभयो । आजकल दैनिक २०–२५ केजी कागती टिप्ने गरेको उहाँले बताउनुभयो । “कागती अमिलो भए पनि यसको आम्दानी भने निकै गुलियो हुँदो रहेछ”, उहाँले खुसी हुँदै भन्नुभयो ।

    उहाँले भन्नुभयो, “पाकेका कागती टिप्दा सुन टिपेको महसुस हुन्छ ।” मासिक सरदर रु ५० हजार कागती बेचेर कमाउन सफल भएको उहाँको भनाइ छ । ग्राहक तथा व्यापारी घरमै आएर कागती लैजाने गरेका छन् । खपत नभएका बेला कहिलेकाहीँ तरकारी तथा फलफूल मण्डीमा पु¥याउनुपर्ने भए पनि खासै बजारको समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य फलजस्तो केही दिनमै सड्ने, बिग्रने, चराले बारीमै सखाप पार्ने समस्या हुँदैन ।” खेती सजिलो छ, हेरचाह पुगे विदेशमा कमाइ हुने पैसा कागतीले यही दिन्छ ।

    कागती खेती गर्नु अघि उहाँ हार्डवेयरको व्यापार गर्नुहुन्थ्यो । हार्डवेयरको व्यवसाय छाडेर तरकारी खेती, मकै खेती गर्नुभएका उहाँ र उहाँको परिवार अहिलेको व्यवसायबाट सन्तुष्ट छ । यो व्यवसायलाई बढाएर एक बिघा पुयाउने लक्ष्य उहाँको छ । उहाँले सम्झनुभयो, “पहिला मैले यो व्यवसाय गर्दा मलाई गाउँलेले काँडाघारी बनाउन थाल्यो भन्नुहुन्थ्यो । अहिले कृषि कर्म गर्नुपर्छ भन्ने सबैमा परेको छ ।” उहाँलाई पहिला बुद्धि बिग्रिएको भनियो भन्दै स्थानीय शोभाकर कँडेल अहिले व्यावसायिकरुपमा खेती गर्नुपर्छ भन्नेमा पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले पहिला नहुने काम गर्दै हुनुहुन्छ भनेका थियौँ । अहिले उहाँकै प्रगति देख्दा खुसी लागेर आउँछ ।”

    अहिले उहाँले गरेको व्यवसायलाई कृषि अनुसन्धान निर्देशनालय लुम्ले कास्कीले अनुसन्धान केन्द्रको रुपमा विकास गरेको छ । केन्द्रका प्राविधिक अधिकृत (बागबानी) रेशमबहादुर बस्नेतले यहाँको उत्पादन भण्डारण क्षमताको अनुसन्धानका लागि काम भइरहेको बताउनुभयो । यहाँ उत्पादित कागतीलाई स्याङ्जामा लगेर स्टोर गर्ने गरेको उहाँले भनाई छ । अहिले यसको भण्डारण क्षमता १० देखि १५ दिनको भए पनि यसलाई अझै कसरी बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन सुरु गरिएको उहाँले बताउनुभयो ।

    केन्द्रले नेपालमा यही फार्ममा मात्रै अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो । कागती बहुगुण भएको सुन्तला प्रजातिको फल हो । भिटामिन सी प्रशस्तै पाइन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन सघाउने भएकाले कोभिड–१९ को पहिलो र दोस्रो चरणका बेला कागतीको खपत निकै बढेको थियो । मोटोपन घटाउन, मुटु, रक्तचाप, पत्थरी नियन्त्रण गर्न, छालाको सौन्दर्य बढाउन कागती उपयोगी मानिन्छ । हरेक दिन कागती पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.