सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जाजरकोट -डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार १६:०९ 
  • जाजरकोट, ५ कात्तिक । जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो ।

    करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारदेखि रुकुम पश्चिमको अनाहदेखि छुटेका मालवाहक ट्र्याक्टर, साना ट्रकहरु सडकका दुई किनारामा रोकिएर राखिएको छ । पहिराका कारण दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको जुफालका स्थानीय व्यापारी खीमबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मूल ठाउँमै पहिरो खसेकाले चामल, नुन, तेललगायत सामग्रीहरु भित्र्याउन सकिएको छैन, बजारमा भने मौज्दात खाद्यान्न सकिने बेला भएको छ ।” सडक खुलाउने बारेमा सडक डिभिजन चौरजहारीले कुनै चासो नदिएको सिंहले बताउनुभयो । यता डिभिजन प्रमुख ध्रुव झाले आफूलाई जानकारी नै नआएको बताउनुभयो ।

    जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी सडकखण्डमा सर्वसाधारणहरु ज्यानको बाजी थापेर यात्रा गर्न बाध्य छन् । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीयवासी मोतिप्रसाद उपाध्यायले भन्नुभयो, “मूल सडकमा पहिरो गएको छ, जिल्ला आउने र बाहिरिने अर्को कुनै वैकल्पिक सडक छैन, त्यसकारण पनि सर्वधारणहरु जोखिम लिएरै यात्रा गर्न बाध्य छन् ।” त्रिपुरासुन्दरी नगरपालिका आफैँसँग डोजर छ, पहिरो गएको तीन दिन बितिसक्दा पनि डोजर पठाएको छैन ।

    कच्ची सडक र झोलङ्गे पुलका कारण डोल्पासम्म पुग्ने सडक जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने फोक्सुण्डो ताल जान हिँडेका गुल्मी तम्घासका आन्तरिक पर्यटक श्याम क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “डोल्पा पर्यटकीय हिसाबमा अत्यन्तै सुन्दर छ, त्यही भएर पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लागेको छ तर करोपगार्डसम्म कसरी ज्यान जोगाएर आइपुगियो सम्ँिझदा आफँैलाई डर लाग्छ ।”

    करोपगार्डमा खसिरहेको पहिराका गन्तव्यमा पुग्न नसकेपछि फोक्सुण्डो नहेरी पर्यटकहरु बीचबाटोबाटै फर्कन थालेका छन् । उपयुक्त मौसम पारेर डोल्पा आइपुगेका काठमाडौँ, गुल्मी, बुटवल, पाल्पालगायतबाट मोटरसाइकलमा आएका आन्तरिक पर्यटकहरु पहिराले अगाडि बढ्न नसकेपछि बीच बाटोबाटै फर्किएको स्थानीयवासी पौरख रोकायले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.