सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशौँँ माहाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार १३:१७ 
  • चितवन, ५ कात्तिक । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले महाधिवेशनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न पूर्णरुपमा जुट्ने र जिल्लाको कुन ठाउँमा कसरी गर्ने भन्नेबारेमा छिट्टै जानकारी दिइने बताउनुभयो ।

    पार्टीका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले विधान अधिवेशनमा सहभागी प्रतिनिधिको ५० प्रतिशत महाधिवेशनमा सहभागी हुने,उद्घाटन सत्रमा पाँच नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएको जाकारी दिँदै महाधिवेशनले राष्ट्रियता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि पहल गर्ने बताउनुभयो ।

    सोही प्रदेशका सहइञ्चार्ज काशीनाथ अधिकारीले प्रदेश कमिटीको आग्रहलाई स्थायी कमिटीले स्वीकार गरेकाले यहाँ महाधिवेशन तय भएको बताउँदै राजनीतिमा हरेक दृष्टिकोणले एमाले मुख्य पार्टी रहेको जिकिर गर्नुभयो । उक्त पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.