चितवनमा एमालेको महाधिवेशन एक सातामा स्थान तय,उद्घाटनमा ५ लाख जनता उतार्ने
न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार १२:०९
चितवन,५ कात्तिक । नेकपा एमालेको १४ औं महाधिवेशनका लागि एक साता भित्र स्थान तय गरिने भएको छ । चितवनको कुन ठाउँमा महाधिवेशन गर्ने भनी एक साता भित्र तय हुने एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।
आज (शुक्रबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशनका लागि भरतपुर आसपासकै क्षेत्रमा स्थान खोजिने बताए । महाधिवेशन चितवनमा गर्ने निर्णय भएसँगै स्थानको खोजी सुरु गरिएको उनले जानकारी दिए ।
एकसाता भित्र उपयुक्त स्थान छनोट गरी केन्द्रमा पठाईने छ । केन्द्रले निरीक्षण गरेर उपयुक्त स्थान तय गर्ने उनले बताए । “हामी उपयुक्त ठाउँहरु हेरिरहेका छौं, भरतपुर महानगर आसपासनै हुन्छ, उनले भने, ठाउँ खोजेर केन्द्रमा पठाउँछौं । केन्द्रले उपयुक्त स्थान तय गर्छ ।”
यस्तै महाधिवेशनमा विधान महाधिवेशनमा सहभागी भएका मध्य ५० प्रतिशत सहभागी हुने उनले बताए । विधान महाधिवेशनमा ६ हजार ३२९ प्रतिनिधि सहभागी थिए । यस्तै महाधिवेशनको उद्घाटनमा कम्तीमा पाँच लाख कार्यकता सहभागी हुने समेत उनले बताए ।
उनले महाधिवेशन चितवनमा गर्ने निर्णय यहाँका जनताका लागि खुशीको बिषय भएको समेत उनले बताए । उनले महाधिवेशन सफल बनाउनका लागि एमालेसँगै अन्य सम्पूर्ण राजनीतिक दलहरुलाई पनि आग्रह गरे ।
राष्ट्रिय अन्तरराष्ट्रिय तत्वहरुले पार्टीलाई कमजोर बनाउने खेल खेले पनि एमाले एक्लैले बहुमत ल्याएर फेरि सरकारको नेतृत्व गर्छ भन्ने सन्देश महाधिवेशनबाट दिईने उनको भनाई थियो ।
एमाले चितवनका इन्चार्ज काशीनाथ अधिकारीले बिभाजन, विश्वासघातका बाबजुत पनि एमाले प्रमुख पार्टी हो भन्ने सन्देश महाधिवेशनबाट दिईने बताए । देश कसरी बनाउने र देशलाई समाजवाद तर्फ कसरी अघि बढाउने भन्ने दृष्टिकोण र सन्देश महाधिवेशनले दिने उनले बताए ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको छ ।