सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घुम्न जानको लागि उत्कृट स्थान ,गोरखा अजिरकोट !


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार ११:३२ 
  • लीलाधर काेइराला

    अजिरकाेट (गाेरखा)- ०७२ बैसाख १२ पछि खण्डहरझैं बनेको अजिरकोट गाउँपालिका जुर्मुराउन निकै समय लाग्यो। भूकम्पले भत्किएको आर्थिक उर्पाजनको सपना पूरा गर्न अजिरकोटका स्थानीय पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न अग्रसर भए ।

    अजिरकाेटलाई पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्दै स्थानीय स्तरमा आर्थिक जोहो गर्न २०७४ मा सुरू भयाे- ‘नम्की, सिरानडाँडा र भच्चेकलाई पर्यटकीय केन्द्र बनाउने याेजना ।’ जिल्लामा प्राचिन ३८ कोटहरु छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिककोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् ।

    यस क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दुधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृङ्खला जान सकिन्छ । दुधपोखरी, सिरानडाँडा, दोबाटो, ठुलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुईखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ ।

    नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजीखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हँदै पुग्न सकिन्छ । दुधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्दछ ।

    गोरखा सदरमुकामबाट झण्डै ५२ किलोमिटर उत्तरमा रहेको अजिरकोट गाउँपालिका पछिल्लाे समय पर्यटकीय गन्तव्य बनेकाे छ । छिटाे, छाेटाे तथा सहज सडक सञ्जाल पुगेकाे याे क्षेत्रमा रमाउन पुग्नेकाे संख्या समेत उल्लेखनीय रहेकाे छ ।

    भुकम्पले थलिएकाे पहाडी सौन्दर्य बोकेको अजिरकाेट क्षेत्र फेरि काेराेना महामारीले थला पा¥याे ।  गाउँपालिका, गण्डकी प्रदेश सरकार र स्थानीयको साझेदारीमा नम्कि होमस्टे सञ्चालन भएपछि अझ पछिल्लाे समय आन्तिरक तथा बाह्य पर्यटक उल्लेखनीय आईरहेको गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल बताउछन् ।

    पछिल्लाे समय काेराेना माहामारीपछि सञ्चालनमा रहेकाे हाेमस्टेका सञ्चालकहरू समेत खुसी भएका छन् । स्थानीय तामाङ समुदायको संस्कृति झल्कने सेलोसँगै न्यानो आतिथ्यता पाउने नम्कीमा पुगेका पर्यटकहरुले चिया बगैंचा, अलैंचीबारी दूधपोखरी, नागेँ पोखरीलगायतका आकर्षक ठाउँको अवलोकन गर्न पाउँछन्।

    होमस्टेमा आउने पाहुनालाई खानामा अर्गानिक र स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरिएको छ। स्थानीय जातका कुखुरा, खसी बोका, कोदाको रोटी, टिमुर हालेको चिया, मकै भटमास, गुन्द्रुकको अचार, स्थानीय स्तरमा उत्पादन गरिएको कोदोको रक्सी आदि खानाका परिकारको व्यवस्था गरिएको छ।

    गोरखाका प्रमुख बजारमध्येको एक भच्चेकबजारकाे इतिहास पनि राेचक नै छ । विभिन्न भनाइहरू विभिन्न भनाईहरुलाई आधार लिने हो भने भच्चेक बजार १९९२ वरिपरि काठमाडौंबाट रामशाहका पालामा नेवार समुदायका मान्छेहरू आएपछि सामान्य खालको बजारका रूपमा बिकास भयो । तर, विभिन्न किवंदन्तिहरूमा भने १८२० को सेरोफेरोमा पृथ्वीनारायण शाहको शासनकालमा ‘मिलिसिया’का रूपमा स्थापित भएका सेनाले त्यो ‘भाँचिएको डाडो’मा गएर बसेपछि खासमा यो बजार भच्चेक बजारका रूपमा विस्तारीत भएको बताइन्छ । पछिल्लाे समय अजिरकाेट क्षेत्र पदयात्रा र शान्ति रुचाउनेहरूको रोजाइमा पर्दै आएको छ। प्राकृतिक सौन्दर्यसँगै गाउँले परिवेश अजिरकाेटको आकर्षण हो।

    पर्यटन मार्ग

    गाउँपालिकाले भच्चेक–सिरानडाँडा–निम्चेपोखरी–नागेपोखरी–दुधपोखरी–नारदपोखरीसम्म पैदल मार्ग बनाउने अभियान चलाएको छ । जिल्लाका विभिन्न कुण्डहरुमध्येका कुण्ड निम्चेपाेखरी नागेपोखरी, दुधपोखरी, नारदपोखरी अजिरकाेटमा पर्छ । यहि पर्यटकीय स्थलमा जान गाउँपालिकाले यस्तो योजना बनाएको हो ।

    किन जाने अजिरकाेट?

    अजिरकोट गाउँपालिका पर्ने भच्चेक, नम्कीर सिरानडाँडाको दुरी काठमाडौंबाट १७० किलोमिटर हो। यो समुद्री सतहबाट १८ हजार उचाइमा छ। जहाँ तामाङ समुदायको बाहुल्य छ। तामाङ संस्कृति, परम्परा, जीवनशैली र खानपानको अनुभव गर्दै फरक स्वाद मेट्न सकिनेछ । यहाँका सुन्दर गाउँहरुले तपाईंलाई लोभ्याउनेछन्। हिमालदेखि पहाडको विस्तृत हिमशृंखलाको मनमोहक दृश्य पनि नम्कीबाट देख्न सकिन्छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.