सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार ११:१३ 
  • कर्णाली, ५ कात्तिक । सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।

    क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउनेछन् । कात्तिक १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

    हालसम्म सात टिमले सहभागिता निश्चित गरिसकेका छन् । टिम दर्ताका लागि रु १० हजार शुल्क तोकिएको छ । कर्णालीमा फुटबल खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

    पन्ज्युनयाँ टि–२० क्रिकेट कात्तिक ७ बाट

    बैतडी– दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार पाउनेछ । यसका साथै म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु तीन हजार ३३३ पाउने क्लबका सदस्य गोपाल कार्कीले जानकारी दिनुभयो ।

    दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा रहेको पन्ज्युनयाँ खेल मैदानमा सञ्चालन हुने खेल पावरप्लेअनुसार खेलाइने जनाइएको छ । क्लबले आजसम्मका लागि टिम दर्ता खुला गरेको छ । सोका लागि टिम दर्ता शुल्क रु सात हजार तोकिएको छ । सहभागी हुने टिममा एउटै वडाका मात्रै खेलाडी हुनुपर्ने जनाइएको छ । यसअघि पहिलो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कपको उपाधि दोगडास्टार क्लबले हात परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.