सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको रत्ननगर अस्पताल मध्यरातमा तोडफोड


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार ११:०५ 
  • चितवन,५ कात्तिक । रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए ।

    तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको मेसु डा. बगालेले जानकारी दिए ।

    उनले राती डिउटीमा आएर तोडफोड गरेर स्वास्थ्यकर्मीको मनोबल घटाउने र ज्यानकैसमेत सुरक्षाको सवाल भएकाले स्थानीय प्रशासनले दोषीहरुलाई तत्काल पक्राउ गरी कारबाही हुनुपर्ने माग गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.