सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसी नेपालको कानूनभन्दा माथि छैन, पास हुन्छ : देउवा


  •    न्युजभित्तो/५ कार्तिक २०७८, शुक्रबार १०:५२ 
  • धनगढी,५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् ।

    देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

    बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गरे । ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’

    नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त रु भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए । ‘हाम्रो पार्टीभित्र निर्वाचन आयोग जस्तै निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो,’ देउवाले भने, ‘उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ ।’

    अर्ली इलेक्सनबारे भइरहेको बहसबारे पत्रकारहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले त्यसबारे गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताए ।

    बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् । त्यहाँ बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार नै उनी काठमाडौं फर्किने कार्यसूची छ ।

    पत्रकार सम्मेलनमा देउवाले काठमाडौं फर्किएपछि बाढीपहिरो पीडितका लागि राहत प्याकेज घोषणा गर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.