एमालेको दशौं महाधिवेशन मंसिर १०–१२ गते चितवनमा हुने
न्युजभित्तो/४ कार्तिक २०७८, बिहीबार १९:३५
चितवन, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
पार्र्टी सचिव गोकर्ण बिष्टका अनुसार महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो ।
यता आजै सम्पन्न एमाले जिल्ला कमिटी बैठकले महाधिवेशन चितवनमा गर्न केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।