सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार ११:३७ 
  • सुर्खेत,३ कात्तिक । हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए ।

    डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।

    ‘पहिरोले पुरिँदा मृत्यु भएका चार जनाको शव निकालिएको छ । अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ, नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको  डीएसपी शर्माले बताए ।

    मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
    रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
    सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
    • ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
    • सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    • बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    • परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.