सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकालीको बाढीले खतराको सतह नाघ्यो, किनारका बस्ती डुबानमा, कर्णालीमा पनि खतरा


  •    न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार ०९:०३ 
  • कैलाली, २ असोज । लगातारको वर्षाले महाकालीको बाढीले खतराको सतह पार गरेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

    मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।

    ‘निरन्तर सतह बढिरहेको छ’ उनले भने ‘अहिले खतराको सतहभन्दा निकै माथि पानी पुगेको छ ।’ नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । नदी किनारका बस्तीहरूमा पनि डुबानमा पर्न थालेको उनले बताए ।

    ‘अहिले कति बस्ती डुबानमा प¥यो भन्नेबारे हामीले तथ्याङ्क लिइरहेका छौँ’ उनले भने ‘तथ्यांक संकलनसँगै उद्धारको काम पनि भइरहेको छ ।’ आइतबारदेखि अबिरल परिरहेको झरीले यहाँका साना ठूला नदीहरूमा समेत बढी आइरहेको छ ।

    यता कर्णाली नदीले पनि सतर्कता तह पार गरेको छ । जल तथा मौसम कार्यालय कोहलपुरका अनुसार कर्णालीमा पानीको सतह १०.५० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । जल तथा मौसम कार्यालय कोहलपुरले नदीको सतह अझै बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रदेश २ का जिल्लाहरुमा मुसलाधारे वर्षा जारी छ । नागरिकहरु घरबाट निस्किन सकेका छैनन् । जनजीवन प्रभावित भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.