सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिवको सरुवा


  •    न्युजभित्तो/१ कार्तिक २०७८, सोमबार ०८:१७ 
  • काठमाडौं, १ कात्तिक । गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो ।

    निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै अर्घाखाँचीका प्रजिअ विष्णु पौडेल र स्याङजाका प्रजिअ दिपकराज नेपाललाई गृहमन्त्रालयमा ल्याईएको छ ।

    यसैगरी सहसचिव किरण थापालाई कैलाली, जगन्नाथ पन्तलाई पाल्पा, हरिप्रसाद घिमिरेलाई अर्घाखाँची, विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाललाई सिन्धुपाल्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

    यस्तै कारागार व्यवस्थापन विभागका निर्देशक बेदनिधि अधिकारीलाई डोल्पा, उपसचिव नेत्रप्रसाद शर्मालाई मुस्ताङ र उपसचिव राजुप्रसाद पौडेललाई स्याङ्जाको प्रजिअमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.