सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै तीन दिन वर्षाको सम्भावना


  •    न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार १३:३४ 
  • काठमाडौं,३१ असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

    उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौँ उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौँसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    रातिका समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

    भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

    देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै रुथानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कात्तिक २ गते मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

    दसैँका समयमा काठमाडौँ उपत्यकासहित देशैभर मौसम सफा रही चर्को घाम लागे पनि दसैँको टीकाको दोस्रो दिन शनिबारदेखि काठमाडौँलगायत देशभर बदली र हल्का वर्षा भएको छ । काठमाडौँमा गएराति हल्का वर्षा भएको छ । महाशाखाको विवरणमा काठमाडौँमा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखल ढुङ्गामा ५५ र ताप्लेजुङमा २३ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम ३१ दशमलव ६ र न्यूनतम तापक्रम १८ डिग्रि सेल्सियस रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.