सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मूर्ति बिसर्जन गर्ने क्रममा डुबेर एकको मृत्यु


  •    न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार १३:१३ 
  • जलेश्वर, ३१ असोज । देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएका एक युवकको शव आज बिहान फेला पारिएको छ । महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित भार्गवसर पोखरीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ जलेश्वर नगरपालिका–२ का पवन साहका छोरा १८ वर्षीय सुमितकुमार साहको डुबेर मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्गा भवानीको मूर्ति बिसर्जन गर्ने क्रममा शनिबार साँझ डुबेर मृत्यु भएको साहको शव आज बिहान ११ बजे फेला पारिएको हो । जलेश्वरको दुर्गाचोकमा अवस्थित दुर्गापूजाको मूर्ति प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट बिसर्जन गर्ने परम्परा छ ।

    सोही परम्परा अनुसार शनिबार साँझ मूर्ति बिसर्जन गर्ने क्रममा साहको भार्गवसर पोखरीमा डुबेर मृत्यु भएको थियो । मूर्ति बिसर्जन गर्ने बेलामा पानी भित्र गरुङ््गो मूर्तिले चेपिन जाँदा उनको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    \युवक साह मूति विसर्जन भइसकेर अबेर राति घर नआएपछि परिवारजनले खोजतलाश गर्न थालेको र आज बिहान मूर्ति सेलाउन गएको पोखरीमा डुबेको हुनसक्ने आशङ्का गर्दै नेपाल प्रहरीसहितको टोलीले सोही पोखरीमा खोज्न जाँदा युवक साह पोखरीभित्र हिलोमा गडेको अवस्थामा फेला परेको उपरीक्षक विष्टले बताउनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाने तयारी भइरहको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.