सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित


  •    न्युजभित्तो/३१ आश्विन २०७८, आईतवार १२:२६ 
  • महेन्द्रनगर, ३१ असोज । स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ ।

    हरेक वर्ष असोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यसवर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको हो ।

    महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निर्माणलाई प्रभावित गर्ने गरी भीमदत्त नगरपालिकाले नदीजन्य उत्खननका लागि ठेक्का आह्वान गरेको दाबी गर्दै पुल निर्माण कम्पनीले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासमा मुद्दा दायर गरेको थियो ।

    सो मुद्दामा गत भदौ पहिलो साता अदालतले परमादेश जारी गर्दै पुल निर्माणस्थल ९पाँच सय मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तर० मा समेत उत्खनन गर्न सकिने आशयसहितको आह्वान भएको ठेक्का निवेदनको अन्तिम टुङ्गो नलागुञ्जेल सम्झौता नगर्न भनेको थियो । यसअघि भीमदत्त नगरपालिकाले महाकाली नदीमा पुल निर्माणस्थलको क्षेत्र छाडेर रोयल्टी उठाउने ठेक्का दिँदै आएको थियो । उता महाकाली पुल आयोजनाले पुलको ५०० मिटर दक्षिण र एक हजार ५०० मिटर उत्तर पुलको क्षेत्राधिकारभित्र पर्ने भएकाले रोयल्टी उठाउनका लागि निर्माण अवधिभर ठेक्का दिन नपाउने बताउँदै आएको छ ।

    उक्त मुद्दाको पेशी आगामी कात्तिक १४ गते तोकिएको छ । पुल निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इञ्जिनीयर किशोरराज पाण्डेयले पुल निर्माण नै प्रभावित हुने गरी नगरपालिकाबाट ठेक्का आह्वान भएपछि बाध्य भएर न्यायका लागि अदालत गुहारेको बताउनुभयो । “पुलको ७० प्रतिशत काम सकिँदासम्म पुल निर्माणको क्षेत्र छोडेर विगतमा रोयल्टीका लागि नगरपालिकाले ठेक्का दियो”, उहाँले भन्नुभयो, “यसवर्ष पुलमुनिबाटै उत्खनन गर्न मिल्ने आशयले रोयल्टी ठेक्का भएपछि समस्या पर्ने स्थिति देखियो ।” उहाँले पुलको पाँच सय मिटर दक्षिण र एक हजार पाँच सय मिटर उत्तरको क्षेत्र छाडेर नगरपालिकाले आफै पनि अमानतमा उत्खनन गरेर पछि हिसाव मिलान गर्न मिल्ने दाबी गर्नुभयो ।

    “निर्माण कम्पनीले पूरै महाकालीको उत्खनन रोक्यो भनेर कुप्रचार गरियो”, उहाँले भन्नुभयो, “अदालतमा विचाराधीन विषय भएकाले धेरै बोल्न मिल्दैन् ।” यसरी पुल निर्माण र स्थानीय तहबीच विवाद हुँदा कञ्चनपुरमा विकास निर्माण, क्रसर उद्यमी र घर निर्माण गरिरहेका स्थानीयवासी बालुवा, गिट्टी र ढङ्गाका लागि भौतारिरहेका छन् । महाकालीमा उत्खनन गर्न समस्या हुँदा यहाँका ठूला विकासे आयोजना समेत प्रभावित बनेका छन् । यहाँस्थित अनमोल क्रसरका सञ्चालक तेजबहादुर चन्दले महाकालीमा उत्खनन रोकिँदा स्थानीयवासी मारमा रहेको बताउनुभयो ।

    “अदालतले पुलको क्षेत्र छाडेर उत्खनन सहज गर्न कुनै अवरोध गरेको देखिदैन्”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि किन जनताको समस्याप्रति बेखबर जस्तै भए भन्ने नै गम्भीर विषय हो ।” उहाँले एक महिनादेखि उत्खनन नहुँदा क्रसर उद्योग पनि समस्यामा रहेको बताउनुभयो । “महाकालीमा गिट्टी कुटेर जीविका चलाउने वर्ग पनि यसबाट धेरै प्रताडित छ”, उहाँले भन्नुभयो, “विवाद सुल्झिदै जाला तर अहिले अल्पकालीन निकास नगरपालिकाले खोज्नुपर्छ ।”

    त्यसैगरी निर्माण व्यवसायी मानबहादुर चौधरीले नदीजन्य पदार्थको अभावले निर्माण प्रभावित भएको बताउनुभयो । “हरेक दिन दर्जनांै फोन कल बालुवाका लागि आउँछन्”, चौधरीले भन्नुभयो, “लुकिछिपी आउने नदीजन्य पदार्थ महँगोमा किन्न बाध्य छन् ।” त्यसैगरी पुल निर्माण कम्पनी र भीमदत्त नगरपालिकाबीच रोयल्टी विवाद पनि छ । नगरपालिकाका नाममा देखिएको बेरुजु नगरपालिकाले पुल निर्माण कम्पनीबाट असुल्नुपर्ने भन्दै कराडौं रकम माग गर्दै आएको छ । तर पुल निर्माण कम्पनीले पुलको लागत ‘इस्टिमेट’मै नभएको विषयमा रोयल्टी नर्तिने दाबी गर्दै आएको छ ।

    “पुलको लागत इस्टिमेड सरकारले बनाएर सोही अनुसार हामीलाई काम गर्न दिइएको छ”, इञ्जिनीयर पाण्डेयले भन्नुभयो, “यो विषय पनि अदालतमा छ, अदालतको फैसला मान्य हुनेछ ।” भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले नदीजन्य पदार्थ उत्खनन नपाउँदा सर्वसाधारण समस्यामा रहेको बताउनुभयो । “यो विषयमा आज दिउँसो नगरपालिकामा बैठक पनि डाकेको छ”, उहाँले भन्नुभयो, “विवादले महाकाली तटीय क्षेत्रका विपन्न नागरिक निकै मारमा परेका छन् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
    कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
    सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
    • गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    • तुइन खोलामा पहिरो
    • भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.