सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेविसंघ स्थापनाको ५० वर्ष : कार्यकर्ताको चिन्तैचिन्ता


  •    /६ बैशाख २०७६, शुक्रबार १९:३२ 
  • तीन समूह तीनतिर

    चितवन
    लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको नेपाल विद्यार्थी संघले शुक्रबार आफ्नो ५० औँ स्थापना दिवस मनायो । तर ५०औँ स्थापना दिवस जुन भव्यताका साथ मनाउने अपेक्षा गरिएको थियो उति मिठासपूर्ण हुन नसकेको स्वयम् कार्यकर्ताको गुनासो रह्यो । कारण, संगठनको केन्द्रीय समितिसमेत भङ्ग हुनु र नयाँ समितिसमेत समयमा गठन हुन नसक्नु ।

    त्यसैले नेविसंघका पुराना कार्यकर्तालेसमेत सामाजिक सञ्जालदेखि चोकचोकमा आफ्ना चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा शुभकामना मात्रै होईन नेविसंघ बिग्रिँदै गयो भन्ने चिन्ता समेत गरेका छन् । चितवन नेविसंघका पुराना कार्यकर्ता रमेश बस्ताकोटीले आफ्नो फेसबुक स्टाटसमा नेविसंघको अहिलेको अबस्थाबारे दुःख व्यक्त गर्नु भएको छ ।

    उहाँले आफ्नो स्टाटसमा भन्नुभएको छ ‘आज नेबिसंघ स्थापना दिवस, लामो समय त्यही संगठनमा रहेर काम गरेको हिसाबले यसको औधि माया लाग्छ । नेविसंघमा रहेर गरेको संघर्ष, नेविसंघको झण्डामुनि रहेर जनआन्दोलन–२ मा जनाएको सहभागिता, नेविसंघ भएकै आधारमा तत्कालिन शाही सरकारको पालमा प्रहरी र सेनाले दिएको दुःख, बिरेन्द्र क्याम्पसमा रहँदा संगठन विस्तारका लागि गरेका कार्यक्रम, सार्वजनिक अपराध ऐन अन्तर्गतका मुद्दा, प्रहरीको हिरासत सबै झलझली याद आउँछ ।’

    बस्ताकोटीले चिन्ता व्यक्त गर्दै भन्नुभएको छ– ‘यो सबै स्मरण गर्दा आजको नेविसंघ देखेर दिक्क लाग्छ । नेताका आसेपासे, हुक्के चिलिमेहरुको संगठनमा हालिमुहाली छ । भिजन, मिसन र दृष्टिकोण केही छैन । एक अर्कामा आरोप प्रत्यारोप र अन्तर्घातले संगठन धरासयी भैसक्यो । एक हिसाबले नेविसंघ कोमामा छ । तर न काँग्रेसका नेतालाई यसको चिन्ता छ, न नेविसंघका नेता लाईनै । वाहियात गफ दिएर नेविसंघ बन्दैन, राम्रो नेविसंघ बनाउनका लागि त्याग, तपस्या र बलिदानी चाहिन्छ तर आजकासँग त्यो हिम्मत कहाँबाट हुनु !! अब चेत खुलोस्, काँग्रेसको आकार खुम्चिएर बामपुड्के देखिएको धेरै भैसक्यो, नेविसंघलाई नर्सरी भन्ने अनि आफ्नो स्वार्थमा नेताले प्रयोग गर्दै जाँदा यो स्थिति आएको हो । स्थापना दिवसको धेरै शुभकामना !! राम्रो नेविसंघ बनाउन लागौँ ! जय नेपाल !!”

    यस्तै नेपाल विद्यार्थी संघका बारेमा चिन्ता व्यक्त गर्दै नेपाल विद्यार्थी संघ चितवन साबिक क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति राजन दाहालले आफ्नो फेसबुक वालमा नेविसंघलाई नर्सरीको रुपमा हेरिए पनि यसलाई पार्टीले चलाउन नसकेको आशयको स्टाटस राख्नु भएको छ ।

    शुभकामना दिँदै सहिदहरुको सम्मान गर्दै राखिएका यस्ता स्टाटसहरुले नेपाल विद्यार्थी संघको अहिलेको अवस्था बारे प्रस्ट पार्ने गरेको छ । उहाँले वर्षको एक दिन मात्रै नेपाल विद्यार्थी संघको स्थापना दिवस होईन ३ सय ६५ दिननै स्थापना दिवसको रुपमा सम्झेर काम गर्ने समय आएको उल्लेख गर्नु भएको छ ।

    अब काँग्रेसलाई वलियो वनाउनका लागि नेविसंघ बलियो वनाउन आबश्यक रहेको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष निलकण्ठ रिजालले लेख्नु भएको छ ।

    अहिले पार्टीले नेपाल विद्यार्थी संघलाई प्रभावकारी रुपमा चलाउन नसक्दा समस्या आएको नेपाल विद्यार्थी संघका अग्रजहरुले सामाजिक सञ्जालमा पोष्ट गरिएका विचारबाट बुझ्न सकिन्छ ।

    यसैबीच, नेपाल विद्यार्थी संघको स्थापना दिवस चितवनमा भने तीन वटा समूहले तीनतिर विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपाल विद्यार्थी संघ, चितवनको संस्थापन समूहले आज बिहान भरतपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । ५ सय ५० जना बिरामीलाई फलफूल वितरण गरिएको सो कार्यक्रममा नेपाली काँग्रेस, चितवनका पूर्व सभापतिहरुको सहभागिता रहेको थियो ।

    त्यसैगरि, नेपाल विद्यार्थी संघ चितवनका अर्का नेता दिपक दुवाडीको नेतृत्वमा रहेको एक समूहले नेपाली काँग्रेसका जिल्ला सदस्य गणेश पौडेलको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मित्रनिधि तिवारी, तरुणदल महासमिति सदस्य घनश्याम पौडेल, विद्यार्थी नेताहरु प्रशान्त अधिकारी, बचन कार्की, बिकास भूषाल लगायतले आफ्ना भनाई राखेका थिए । होटल अशोकामा कार्यक्रम गरिएको थियो ।

    त्यस्तै, नेविसंघ नेता परमेश्वर खनाल नेतृत्वको समुहले भने भरतपुरको चौबिसकोठीमा दिप प्रज्वलन गरेर स्थापना दिवस मनाएको छ । नेपाली काँग्रेस, चितवनका निवर्तमान सभापति टेक प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व सभापति टिकाराम न्यौपाने, काँग्रेस नेताहरु भरत अधिकारी, राजेश्वर खनाल, प्रकाश अधिकारी, उत्तम आचार्य विद्यार्थी नेताहरु निलकण्ठ रिजाल, निर्मल पौडेल, राजेश भूषाल लगायतको सहभागिता रहेको थियो ।

    यसैगरी, नेपाल विद्यार्थी संघ बिरेन्द्र बहुमुखी कलेजले पनि स्थापना दिवस दीप प्रज्वलन गरि मनाएको छ । नेपाल विद्यार्थी संघ, चितवनका सभापति सूर्य ढकाल प्रमुख अतिथि रहनु भएको सो कार्यक्रम इकाईका वरिष्ठ उपाध्यक्ष रबिन खतिवडाको अध्यक्षतामा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.