सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनुदानको ब्याड बोका काटेर मासु


  •    /२३ श्रावण २०७६, बिहीबार १९:३९ 
  • गोरखा ।  सिरानचोक गाउँपालिका–३ हर्मीमा नश्ल सुधारका लागि अनुदानमा वितरण गरेको उन्नत जातको बोका काटेर स्थानीयवासीले मासु भागबण्डा गरेका छन् । नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले भूकम्पपछिको जीविकोपार्जन कार्यक्रम अन्तर्गत साविकको हर्मी गाविस वडा नं ८ का स्थानीयका लागि बाख्रामा नश्ल सुधार गर्न भन्दै गएको मङ्सिरमा बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो ।

    समूहले सामूहिकरुपमा सेवा लिने गरी वितरण गरिएको उन्नत जातको बोका काटिएको हो । “स्थानीय प्रकाश अधिकारीले पालनपोषण गर्ने गरी रेडक्रसले अनुदानमा उपलब्ध गराएको बोका आज इलाका प्रहरी कार्यालय हर्मीमा काटेर मासु भागबण्डा गरिएको हो”, वडाध्यक्ष वीरबहादुर गुरुङले भन्नुभयो ।

    उहाँले घरधनी अधिकारीले धेरै ऋण लागेर बेपत्ता भएकाले घरमा उहाँको आमा हुनुभएको र पालनपोषण गर्न नसक्ने भएपछि मासु काटेर बिक्री गरिएको बताउनुभयो । “ प्रकाश घर छोडेर हिँडेपछि घरमा भएका अन्य बाख्रा, खसी, गाईभँैसी पनि लिलाम गरी समूहको ऋण बुझायौँ ।”

    वडाध्यक्ष गुरुङले मासु बिक्रीबाट रु १४ हजार ४०० जम्मा भएको र सबै रकम घरधनीलाई उपलब्ध गराएको दाबी गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी गोरखाका सभापति भगवान्बाबु मास्केले करीब रु ३२ हजार बराबरको रकमबाट नश्ल सुधारका लागि गुल्मी अर्घाखाँचीबाट महङ्गो मूल्य तिरेर ल्याएको बोका काट्नु गलत भएको बताउनुभयो ।

    “रु ३० हजार बराबरको त बोकाको बीमा गरिदिएका छौँ”, उहाँले भन्नुभयो, “पाल्न नसक्ने भए पनि हामी अर्र्को किसानलाई वितरण गथ्र्यौं उनीहरुले हामीलाई खबर पनि गरेनन् ।” रेडक्रसले साविकको हर्मी गाविसमा नौवटै वडामा नश्ल सुधारका लागि भन्दै बयर जातको उन्नत ब्याड बोका वितरण गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.