सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता छ : प्रचण्ड


  •    /६ बैशाख २०७६, शुक्रबार १७:५२ 
  • चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । तीन नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही वर्षपछि यो बेकारको परिवर्तन रहेछ भनेर अर्काे खालको अराजकतातिर जान्छ कि भन्ने चिन्ता लागेको बताउनुभयो ।

    गएको एक वर्षमा प्रदेश कमजोर हुँदै जाने हुन् कि ? निरीह हुँदैन जाने हुन् कि ? प्रदेशको हातमा राज्यको अधिकार वा विकासको अधिकार सङ्कुचित हुँदै जाने हुन् कि जस्तो देखिएको बताउँदै उहाँले भन्नुभयो “केही वर्षपछि यो बेकारको परिवर्तन रहेछ भनेर अर्काे खालको अराजकता तिर, अर्काे खालको निरङ्कुशतातर्फ जाने हो कि भन्ने मलाई चिन्ता अलि बढी लागेको छ ।”

    यो विषयमा प्रधानमन्त्री र सचिवालयमा पनि कुराकानी भईरहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो “प्रतिपक्षका साथीहरुसँग पनि अलि गम्भीर रुपमा बिमर्श गर्नुपर्छ भन्ने म ठान्दछु ।” यो परिवर्तनलाई सफल बनाएर मात्रै देशलाई अगाडि लैजान सकिने बताउँदै उहाँले भन्नुभयो “त्यस्तो हुन नदिऊँ ।”

    नयाँ प्रणाली भर्खरै शुरु भएको भन्दै उहाँले भन्नुभयो “यसलाई प्रभावकारी बनाउन सकिएन भने २००७ सालबाट २०१७ साल जस्तो हुन सक्छ । ०७ सालमा आएको परिवर्तन गयो, २०४६ सालमा आएको परिवर्तन पनि गयो” उहाँले अगाडि थप्नुभयो “अहिले ठूलो परिवर्तन त आएको छ, घरघरमा सरकार पु¥याउने काम पनि भएको छ । यसलाई संस्थागत गर्नुपर्छ ।”

    फरक प्रसङ्गमा उहाँले सहमतिका साथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताउनुभयो । सबैको सहमतिबाटै देश समृद्ध हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “सहमतिका साथ संविधान बनायौँ, सहमतिका साथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्ष लगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्नका निम्ति विशेष जोड दिनुपर्ने बताउनुभयो ।


    सार्वजनिक र निजी क्षेत्र इमान्दारिता साथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देशले विकासमा गति लिनै सक्दैन ।” विगतको अनुभवले पनि त्यो कुरा पुष्टि गरिसकेको उहाँको भनाई थियो ।

    विगतमा सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढंगले हेर्ने परिपाटीले देश विकास हुन नसकेको बताउँदै उहाँले भन्नुभयो “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको प्रचण्डको भनाई थियो ।

    लामो समयदेखिको केन्द्रीकृत शासन प्रणाली अन्त्य भएर तीन तहको सरकार बनेको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो “नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनु पर्छ ।” २००७ साल, २०१७ साल, २०४६ को जस्तो परिवर्तन अहिलेको नभएको भन्दै उहाँले भन्नुभयो “यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।” गुणात्मक परिवर्तनलाई आत्मसात गर्न सकेनौँ भने यसलाई उपयोगी रुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उहाँको धारणा थियो । राजनीतिक परिवर्तनसँगै सोचमा पनि परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    यति धेरै साधन स्रोत भएका देशमा पढेलेखेका युवाहरु विदेश जान उद्यत रहेका बताउँदै उहाँले भन्नुभयो “कहीँ न कहीँ हाम्रो शिक्षा नीतिलाई फेरी एक पटक समीक्षा गर्नुपर्ने बेला आएका छ ।”

    कार्यक्रममा पूर्व अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता डा. रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो “राम्रा र सुन्दर योजना त आउलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।” संघीयतासँगै तीन तहका सरकारले आफ्नो निर्णय क्षमता र गुणस्तर बढाउनु पर्ने भन्दै उहाँले लगानीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

    सरकारको सोच वितरणमुखी भएको भन्दै उहाँले उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभयो । विकास निर्माणलाई राजनीतिक विवादमा ल्याउन नहुने बताउँदै नेता महतले भन्नुभयो “अब भाषण होइन, काम गरेर देखाउने समय आएको छ ।”

    कार्यक्रममा उद्योगपति एवम् साँसद बिनोद चौधरी, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेललगायतका उद्योगी व्यवसायी र नीति निर्माताले आआफ्ना धारणा राख्नु भएको थियो ।

    प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले तीन नम्बर प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रहरुको बारेमा जानकारी दिनुभएको थियो । उद्घाटन सत्रपछि शुक्रबार र शनिबार निजी क्षेत्रका उद्योगी व्यवसायीसँग बृहत अन्तक्र्रिया गरिने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.