सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको घट्यो


  •    /२१ श्रावण २०७६, मंगलवार २१:५६ 
  • काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।

    निगमले जनाएअनुसार साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु एक र डिजेल÷मट्टितेलमा ५० पैसा मूल्य वृद्धि भएको छ । एलपी ग्यासमा भने प्रतिसिलिण्डर रु २५ घटाई मूल्य समायोजन गरिएको छ ।

    जसअनुसार काठमाडौँ (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल रु १०९ प्रतिलिटर र डिजेल र मट्टितेलमा रु ९७ प्रतिलिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ । एलपी ग्यासको खुद्रा बिक्री मूल्य (काठमाडौँको हकमा) रु एक हजार ३७५ प्रतिसिलिण्डर कायम गरिएको छ ।

    हवाई इन्धनको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । निगमले आर्थिक वर्ष २०७५÷७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

    मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलको तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.