सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय विरही क्यान्सरसँग लड्दै


  •    /१९ श्रावण २०७६, आईतवार १५:२९ 
  • चितवन । जीवनको पाँच दशक समय समाज परिवर्तनका लागि पत्रकारिता र साहित्यको क्षेत्रबाट योगदान गर्नुभएका पत्रकार तथा साहित्यकार रेशम विरही यतिबेला भने क्यान्सर रोगसँग लड्दै हुनुहुन्छ । समाजलाई असल बाटोमा डोर्याउँदा डोर्याउँदै आफैलाई रोगले गाँजेको उहाँले पत्तो पाउनु भएन । पछिल्लो समयको चोकजाँचमा उहाँका आन्द्रामा क्यान्सर रोगको संक्रमण देखिएको छ ।

    चितवन, काठमाण्डौं र नेपालगञ्जमा रहेर विभिन्न पत्रपत्रिकामा ४८ वर्ष काम गरिसक्नु भएका बिरहीका नौ वटा कृति प्रकाशित भईसकेका छन् । हाल भरतपुर महानगरपालिका वडा नं. १६ मा बसोबास गर्दै आउनु भएका विरहीको ठूलो आन्द्रामा क्यान्सर देखिएको हो । उहाँको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको छ । पहिलो चरण अन्तर्गत एक पटक केमो पछि घरमा आराम गरिरहनु भएका विरहीलाई १५ दिनको फरकमा चार पटक केमो दिएपछि आन्द्राको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

    शल्यक्रियापछि पेट स्क्यान गरेर क्यान्सर बाँकी रहे नरहेको हेर्न सकिने चिकित्सकले सुझाएको उहाँले बताउनुभयो । क्यान्सर जस्तो जटिल रोग लागेपनि कत्तै पनि विचलिन नभई उहाँले आत्मबलका साथ रोगलाई परास्त गर्दै आउनु भएको छ । उपचारपछि निको हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । चिकित्सकहरुले पनि क्यान्सर जटिल अवस्थामा पुगिनसकेकाले निको हुने बताएका छन् ।

    जीवनभर पत्रकारिता र साहित्यमा लागेपनि आर्थिक उपार्जन गर्न नसक्नु भएका विरहीको उपचारमा भने ठूलो धनराशी खर्च हुने देखिएको छ । नेपालमै उपचार गर्दा रु.२० लाख हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

    उहाँको उपचार सहयोगार्थ चितवन र नेपालगञ्जका पत्रकारहरुले आर्थिक संकलन गर्ने तयारी गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले अस्पतालमा उपचार गर्दा के कति सहुलियत गर्न सकिन्छ त्यसको पहल गर्दै आर्थिक संकलनका लागि तयारी गरिरहेको बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य समेत रहनु भएका विरही पछिल्लो समय साहित्यिक कार्यक्रमहरुमा बढी क्रियाशील हुनुहुन्छ ।

    ६६ वर्षिय वीरहीले बि.सं. २०२८ सालमा मातृभूमि पत्रिकाबाट पत्रकारिता शुरु गर्नुभएको हो । प्रतिध्वनी, हिमाली हुलाक, मुलुकी आवाज, नेपाल समाचारपत्र, अभिनन्दन, समानान्तर दैनिक, भरतपुर मासिक पत्रिकामा सम्पानको भूमिका गरिसक्नु भएको छ । उहाँ नेपालगञ्जको कालपृष्ठ दैनिकको अतिथि संपादक हुनुहुन्छ भने यहाँको चितवन पोष्ट सहित विभिन्न राष्ट्रिय र स्थानीय पत्रिकामा स्तम्भकारका रुपमा काम गरिसक्नु भएको छ ।

    उहाँको बि.सं. २०३६ सालमा पहिलो कृति मुलाको बोक्रा कविता संग्रह प्रकाशित भएको थियो भने पछिल्लो कृति प्रेमदासको डायरी २०७४ सालमा प्रकाशित भएको छ । यसबीचमा उहाँका भित्तामा रंग, मंगली गुप्ताको पान, आधारभूत पत्रकारिता पाठ्यपुस्तक लगायतका नौ वटा पुस्तक प्रकाशित भएका छन् ।

    उहाँले दुई वटा पुस्तक प्रकाशनको तयारी भएपनि आफू बिरामी भएपछि रोकिएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.