सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ को मृत्यु


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार १४:५० 
  • वासिङ्टन, ११ भदौ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ ।
    बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए ।

    सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताउनुभयो ।

    उक्त आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । त्यसमा परेर करिब एक सयजना घाइते भएका छन् । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन् ।

    बम विस्फोट भएपछि भागदौड भएको र त्यसमा परेर केही व्यक्तिको ज्यान गएको बताइएको छ । आफ्नो देश फर्किनका लागि विमास्थलमा जम्मा भएका विदेशी नागरिकलाई लक्षित गरेर विस्फोट गराइएको समाचारमा जनाइएको छ ।
    काबुल विमानस्थलमा हजारौँको भीड लागेको समयमा आक्रमणकारीहरुले बम विस्फोट गराएका हुन् । विमानस्थलबाहिर रहेको भीडभाडलाई लक्षित गरेर सो आक्रमण गराएको बताइएको छ ।

    यसअघि बिहीबार मात्र अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतले जनाएका थिए । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजानु भन्दै बुधबारदेखि नै सूचना जारी गरेका थिए । अमेरिका र बेलायतले विमानस्थलमा पुगेको भए पनि त्यहाँबाट फर्किन भन्दै आफ्ना नागरिकहरुका नाममा सूचना जारी गरेका छन् ।

    सूचनामा विमानस्थलमा पुगेकालाई पनि त्यहाँ नबस्न र अन्यत्र कतै जान भनिएको थियो । अहिले पनि काबुल विमानस्थलमा कम्तीमा दश हजार विदेशी नागरिक रहेका छन् । आफ्नो देश फर्किनका लागि विमानस्थलबाहिर र भित्र हजारौँ सर्वसाधारण बसेका छन् ।

    विमानस्थलमा इस्लामिक स्टेट्सका अतिवादी समूहबाट सुरक्षा खतरा रहेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    विमानस्थलमा भीडभाडमा खटेका अफगान सैनिक पनि आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको प्रतिवेदनमा जनाइएको थियो । सो गोप्य सूचना भनिएअनुसार नै बिहीबार काबुल विमानस्थलमा आत्मघाती आक्रमण गरिएको हो ।

    अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरू देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन् ।

    उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ । उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ ।

    अमेरिकी राष्ट्रपति जोन बाइडेनले पनि अफगानिस्तानकै स्थानीय इस्लामिक स्टेट्सका कारण उक्त विमानस्थलमा सुरक्षा खतरा रहेको बताउनुभएको थियो ।

    बिहीबार भएको सो आक्रमणको जिम्मेवारी आइएसले लिएको छ । उनीहरुले अफगानिस्तानमा अमेरिकी सेनाले गरेको कामका लागि सो विस्फोट गराएको बताएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.