सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसारकी सबैभन्दा सुन्दर युवती ४ वर्षको उमेरदेखि मोडलिङमा !!


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १५:५५ 
  • निकै कम उमेरमा आफ्नो लुक्सका कारण चर्चामा हासिल गर्ने फ्रेन्च मोडल थायलेन ब्लोन्डेउ एकपटक पुनः चर्चामा आएकी छिन् । उनी हालै आफ्ना प्रेमीसँग रिल्याक्स गरिरहेको देखिएकी थिइन् । थायलेनले सबैभन्दा पहिला चर्चा ६ वर्षको उमेरमा बटुलेकी थिइन् जब उनी संसारकी सबैभन्दा सुन्दर केटीको रुपमा मिडियामा छाएकी थिइन् । सन् २००७ मा थायलेनलाई टीसी क्यान्डलरको सय सबैभन्दा सुन्दर अनुहारको सूचीमा समावेश गरिएको थियो । स्मरण रहोस्, यो सूचीमा प्रियंका चोपडा र थुप्रै हलिउड स्टारको पनि प्रवेश भइसकेको छ ।

    जब थायलेनलाई यो सूचीमा समावेश गरियो, त्यसको दुई वर्ष अघि नै उनले आफ्नो मोडलिङ करियर सुरुवात गरिसकेकी थिइन् । थायलेनले ४ वर्षको उमेरमा नै मोडलिङ गर्न सुरु गरेकी थिइन् र उनी निकै साना उमेरबाट नै र्याम्पवक गर्न थालेकी थिइन् । उनकी आमा पनि फेसन डिजाइनर थिइन्, यस्तोमा थायलेनले फेसन इन्डष्ट्रिमा एक्सपोजर पाइन् । उनी ६ वर्षको हुँदा एउटा तस्बिर भाइरल भएको थियो, त्यसपछि उनी सबैको नजरमा परिन् । त्यसपछि उनी १० वर्षको उमेरमा निकै विवादमा आएकी थिइन् । वास्तवमा उनी वोगको एक फोटोसुटको क्रममा सुनौलो परिहन, हाई हिल्स र मेकअपमा देखिएकी थिइन् ।

    त्यसपछि आलोचकले यो फोटोसुटको सहारामा १० वर्षकी थायलेनलाई सेक्सुएलाइज गराउने कोसिस गरिएको आरोप लगाए । यी आरोपमा थायलेनकी आमाले जवाफ दिँलै भनेकी थिइन्, ‘म बुझ्न सक्छु कि केही मानिसहरुका लागि यो चकित पारिदिने किसिमको छ । म आफैं पनि यो फोटोसुटको क्रममा चकित थिएँ । तर वास्तविकता यो हो कि फोटोसुटका बेला मेरी छोरीले जुन नेकलेस लगाएकी थिइन्, त्यसका लागि म अचम्मित थिएँ । उक्त नेकलेसको मूल्य ३ मिलियन पाउन्ड थियो ।’चाइल्ड मोडलिङमा सफल करियरपछि उनी फेसन इन्डिष्ट्रिमा आफ्नो छुट्टै स्थान हासिल गर्न सफल रहिन् । सन् २०१७ मा उनले मिलान फेसन विकमा युवा मोडलको रुपमा सुरुवात गरिन् ।

    त्यसपछि उनलाई लरियलको ब्रान्ड एम्बेसेडर बनाइएको थियो । अब उनको आफ्नै क्लादिङ ब्रान्ड पनि सुरु भइसकेको छ । थायलेन फुटबलका पूर्व खेलाडी पेट्रिक ब्लोन्डेउ र फ्रेन्च मोडल वेरोनिककी छोरी हुन् । थायलेन अब २० वर्ष पुगिसकेकी छिन् र थुप्रै शीर्ष ब्रान्डकी अनुहार हुन् । उनको इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर्स छन् र उनी आफ्नो क्लोदिङ ब्रान्डलाई सोसल मिडियामा पनि प्रोमोट गर्छिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ: सञ्चारमन्त्री खरेल
    ट्राफिक सप्ताह–२०८२: ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
    विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न पार्टी नेतृत्वलाई आग्रह
    • निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
    • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने
    • गण्डकीमा चुनावी गतिविधि बढ्दै
    • कालिका पावर कम्पनीको आम्दानी बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.