सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु


  •    /६ बैशाख २०७६, शुक्रबार १२:०० 
  • लिस्बन
    पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ ।

    टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएको दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेको छ ।

    घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताएका छन् ।

    त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्वीट गर्दै जर्मन चान्सलर एङ्गेला मर्केलप्रति सहानुभूति व्यक्त गरेका छन् । (एएफपीबाट)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.