सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तातोपानी नाकाबाट ५३ लाख राजश्व सङ्कलन, राजश्व सङ्कलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा


  •    /१० श्रावण २०७६, शुक्रबार १६:३६ 
  • मेलम्ची । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ ।

    चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३ लाख राजश्व सङ्कलन भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

    औपचारिक रुपमा खुलेको नाकाबाट पहिलो हप्तामा तीन–चार वटा मात्रै कन्टेनर भित्रिने गरेका थिए । नेपालबाट सामान लिनका लागि गएको भ्यान खासा पुगेर सामान लिएर फर्किने क्रम बढदै गएको छ । चीनबाट आएका ठूला मालवाहक कन्टेनर सिधै लार्चास्थित सुख्खा बन्दरगाहमा आएर परीक्षण हुने समेत अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

    नाका सञ्चालनमा आएपछि सीमा क्षेत्रमा विस्तारै चलह–पहल बढ्दै गएको छ । होटल र खुद्रा व्यापारीसमेत बढ्दै गएका छन् । भूकम्पअघि दैनिक करोडौँ रुपैयाँ राजश्व सङ्कलन हुने गरेको थियो । नाकामा व्यापार बढेपछि राजश्व सङ्कलन पहिलेकै अवस्थामा फर्कने अपेक्षा राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गृहमन्त्रालय बाट भेट्ने समय नपाएपछि सिंहदरबारको गेटमै पानीमा रुझ्दै बसे निहारिका र बिनु
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
    ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
    • बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
    • मधेश प्रदेशसभा: बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
    • गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा
    • राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.