सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तारापुञ्ज सहकारीको सेवा केन्द्र पश्चिम चितवनको शुक्रनगरमा


  •    /७ श्रावण २०७६, मंगलवार १८:२६ 
  • चितवन । भरतपुरको हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो शाखा कार्यालयको रुपमा पश्चिम चितवनको शुक्रनगरमा सेवा केन्द्र बिस्तार गरेको छ । सहकारीले भरतपुर महानगरपालिका वडा नम्वर २५ शुक्रनगर शोसी बजारमा सेवा केन्द्र बिस्तार गरेको हो ।

    सेवा केन्द्रको आज प्रदेश नं ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री दावादोर्जे लामाले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मन्त्री लामाले स्थानीय स्तरमा काम गरिरहेका सहकारीहरुले स्थानीय वासिन्दाको जीवनस्तर उकास्ने खालका कार्यक्रम सञ्चालन गर्न र कृषिलाई फराकिलो बनाउँदै आय आर्जनका काममा टेवा पुर्याउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री लामाले देशको अर्थतन्त्रमा सहकारी संस्थाले पुर्याएको योगदानको सराहना गर्दे आर्थिक रुपमा विपन्न मानिसहरुको सहयोगी संस्थाका रुपमा अगाडि बढनुपर्ने बताउनु भयो ।

    त्यसैगरि कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश साँसद कृष्ण भूर्तेलले बित्तीय क्षेत्रको सुधारका लागि सहकारी संस्थाहरु गाभिन आवश्यक भएको धारणा राख्नुभयो । भरतपुर महानगरपालिका वडा नम्वर २५का वडा अध्यक्ष बिजय भुजेलले बित्तीय संस्थाको अभावमा सेवा केन्द्र अब स्थानीयको दुःखको सारथी बन्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा संस्थाका सल्लाकार संयोजक हरि प्रसाद गैरे, सामाजिक अगुवा केशव देवकोटा, बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष हरिष चन्द्र सुवेदी, प्रभात माविका प्रधानाध्यापक होमनाथ भण्डारीलगायतले शुभकामना दिनु भएको थियो ।

    तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थामा हाल पश्चिम चितवनबाट दुई सय शेयर सदस्य रहेका तथा संस्थामा एक हजार दुई सय शेयर सदस्य र करिव ३५ करोड रुपैयाँ पूँजी रहेको सहकारी संस्थाका व्यवस्थापक कृष्ण शर्मा वस्तीले जानकारी दिनुभयो । सहसचिव चन्द्रकला लामिछानेले स्वागत र सचिव रेगन पन्तले सञ्चालन गर्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष सुदीप रेग्मीको अध्यक्षतामा भएको थियो । सेवा केन्द्र उद्घाटन कार्यक्रम पश्चात सञ्चालनमा आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.