सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आन्तरिक राजश्व कार्यालय भरतपुरले उठायो ३० अर्ब, अघिल्लो आवभन्दा ८ अर्ब बढी


  •    /६ श्रावण २०७६, सोमबार १६:११ 
  • चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्षमा भन्दा गत आर्थिक वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको हो ।

    कार्यालयका अनुसार गत वर्षको रु ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व सङ्कलन भएको थियो ।

    कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार सङ्कलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा रु २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार सङ्कलन भएको छ ।

    त्यसैगरी आयकर रु दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ रु १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ रु पाँच करोड ९३ लाख ४९ हजार राजश्व सङ्कलन भएको छ । यस्तै स्वास्थ्य सेवा करतर्फ रु तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क रु एक करोड २७ लाख ११ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विभागले कार्यालयलाई रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार राजश्व सङ्कलनको लक्ष्य तोकेको थियो । उहाँका अनुसार विभागले तोकेको लक्ष्य प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमलाई गाउँ/गाउँमा पुर्याउने, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटक/पटक ताकेता गर्ने लगायतका काम गरिएको थियो ।

    कार्यालयका प्रमुख सुवप्रसाद रिजालले उद्योगी, व्यवसायी, करदाता, उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, कर्मचारीलगायतको सामूहिक प्रयासका कारण लक्ष्य अनुसार कर सङ्कलन गर्न सकिएको बताउनुभयो । मन्त्रालय र विभागबाट भएको सकारात्मक सहयोगले पनि कर्मचारीमा थपिएको ऊर्जाले लक्ष्यमा पुग्न सकिएको उहाँको भनाइ थियो । कार्यालयमा हाल आयकरतर्फ ५३ हजार ५३३, मूल्य अभिवृद्धि कर तर्फ आठ हजार ४५९, अन्तशुल्क तर्फ पाँच हजार १०३ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने ४३ हजार ४८३ करदाता रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.