सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भानु जयन्तमा दुई स्रष्टालाई सम्मान


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १४:४६ 
  • चितवन, २९ असार । २०८औं भानु जयन्तीका अवसर साहित्यकालाई सम्मान गरिएको छ । चितवन साहित्य परिषद (चिसाप_ ले दुई जना उपन्यासकारलाई सम्मान गरेको हो ।

    परिषद्द्वारा आज भरतपुरमा आयोजित कार्यक्रममा चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार २०७७ बाट प्रभा बराललाई र चिसाप प्रतिभा पुरस्कार २०७८ बाट कलाकार प्रकाश थापा प्रथालाई सम्मान गरिएको छ ।

    साहित्यकार जीवा लामिछानेले बुबा खेमलाल लामिछानेको सम्मानमा उपलब्ध गराउनु भएको रु ५० हजार ४५ रुपैयाँ पुरस्कार राशिसहित बरालको औपन्यासिक कृति फिलिङ्गोलाई सम्मान गरिएको हो । यसैगरी पचासको दशकदेखि साहित्य कलामा समर्पित भई मूलतस् कला क्षेत्रमा विशेष योगदान दिएका कलाकार थापालाई १५ हजार ४५ रुपैयाँ पुरस्कार राशि सहित चिसाप प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ ।

    परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षता एवम् साहित्यकार केदारनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकारहरू जगन्नाथ पण्डित, सरला जोशी, पदम अर्यालले मन्तव्य राख्नु भएको थियोे ।

    परिषद्ले आफ्नो स्थापना कालदेखि नै भानु जयन्ती मनाउँदै आएको र हालसम्म २७ जना साहित्यकारहरूलाई चिसाप प्रतिभा पुरस्कारबाट सम्मान गरिएको छ । स्थापनाकालमा रु ५ हजारबाट सुरु गरिएको प्रतिभा पुरस्कारको राशि १५ हजार ४५ पु¥याइएको छ ।

    यसैगरि रु ५० हजार ४५ पुरस्कार राशिको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कारबाट गोविन्दराज विनोदी, बलराम अधिकारी, सीमा आभाष, केशवराज आमोदी, भूपिन र रामबाबु अधिकारीका उत्कृष्ट कृतिहरूलाई सम्मान गरिएको परिषदका सचिव बालकृष्ण थपलियाले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.