सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा हाईब्रिड धानको परीक्षण


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १२:१० 
  • झापा, २९ असार । झापामा पहिलोपटक गौरादह नगरपालिका–६ मा हर्दिनाथ हाईब्रिड–१ जातको धानको परीक्षण खेती गरिएको छ । यो धान अन्य जातको तुलनामा दोब्बर फल्ने दाबी गरिएको छ ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भद्रपुरसँगको साझेदारीमा गौरादहको सगरमाथा किसान समूहले स्वदेशमै विकसित उक्त हाईब्रिड धानको पहिलो खेती गरेको हो । अन्य जातको धानको तुलनामा यसको उत्पादन दोब्बर हुने परियोजनाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार यो धानको उत्पादन प्रतिहेक्टर सात मेट्रिक टनसम्म हुन्छ ।

    अन्य जातको धान साँढे तीनदेखि चार मेट्रिकटनसम्म मात्र उत्पादन हुने गरेको छ । रोपिएको १२२ दिनभित्रमा यो धान पाकिसक्ने छ । नेपालमा हर्दिनाथ हाइब्रिड–१ र ३ जातको धान राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई प्रचलनमा आएको हो ।

    धानको उत्पादकत्व वृद्धि गर्ने योजनाअनुरुप परियोजनाले यस वर्षदेखि मुलुकका अन्य जिल्लामा समेत किसान र किसान समूहसँग मिलेर स्वदेशी हर्दिनाथ हाईब्रिड–१ धानको प्रदर्शन खेती शुरु गरेको जनाएको छ । परियोजनाले किसान समूहलाई मल, बीउ, विषादी र प्रविधि आदिमा सहयोग पु¥याएको छ ।

    अन्य जातको धानको बीउको मूल्य प्रतिकेजी रु ८० पर्छ भने यसको प्रतिकेजी रु २५० पर्ने वरिष्ठ कृषि अधिकृत सुवेदीको भनाइ छ । यसको एउटा एउटा बेर्ना रोप्नुपर्ने र एउटा बेर्नापछि आफँैं गाँजिएर ८० वटासम्म हुने उहाँले बताउनुभयो । स्थानीय किसान चन्द्रप्रसाद निरौलाले पहिलोपटक यसको खेती गरेकाले आफू उत्साहित भइरहेको बताउनुभयो । यसवर्ष एक हेक्टरमा लगाइएको धानको उत्पादकत्व हेरेर अर्को वर्ष खेती विस्तार गर्ने समूहको योजना छ ।

    सोमबार जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंह, धान सुपरजोन जिल्ला कार्यसमितिका पदाधिकारी, पत्रकार र अन्य सरकारी कार्यालयका प्रमुखले धानखेती भएको स्थानमा पुगेर अनुगमन गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.